हरियाली सुन्दर सहरको रुपमा अघी बढ्दै भरतपुर महानगर

अस्मिता पराजुली,

चितवन – निर्माण हुँदै गरेको फराकिलो सडक, त्यही सडकमा साना तथा ठुला सवारी साधन गूडिरहेका छन् । सडकको दाँयाबाँया मानिसहरु हिड्डुल गरिरहेका छन् । सडकको विचमा भने तारजालि भित्र सुरक्षित तरिकाले लगाईएका हरियाली बोटबिरुवा, रङिचङी फुलेका फुलले सडकलाई छुट्टै सुन्दर बनाएको छ । यो दृश्य हो भरतपुर महानगरपालिका वडा नम्बर ११ बाईपास रोड विशालचोकको।

भरतपुर महानगरपालिकामा यतिवेला साना तथा ठुला सडकहरु धमाधमा निर्माण भईरहेका छन् । केही सडकहरु निर्माण भईसकेका छन् भने केही निर्माण हुँदै छन् । सडक निर्माणकै क्रममा ठुला तथा साना निकै पुराना बोट विरुवा मासिएका पनि छन् ।

निर्माणका क्रममा मासिएका बोटविरुवा, बढ्दो सहरिकरण, बढ्दो जनसंख्या, स्वस्थ वातावरण, सुन्दर सहरलाई मध्यनजर गर्दै सडक निर्माण सँगै महानगरले यतिवेला हरियाली प्रवर्द्धन कार्यलाई पहिलो प्राथमिकको रुपमा अगाडि बढाएको छ ।

सोही अनुसार महानगरले बाईपासरोड, आपटारी, विशालचोक, मालपोतचोक, लगाएत ठुला तथा साना सडकहरुमा वृक्षरोपण गरिरहेको छ । पुलचोक गोन्द्राङ ६ लेन सडकको डिभाइडरमा पनि वृक्षरोपण गर्ने कार्य भईरहेको छ ।

Forbes

भरतपुर महानगरपालिका वडा नम्बर ११ का ६८ बर्षिय हरी घिमिरे दिनहुँजसो विशालचोकको चौतारमा बस्ने गर्छन् । चौतारामा बस्दै उनले विगत र अहिलेको विकासलाई नियाल्छन् अनी भन्छन् कती छिटो विकास भईसकेको हो ? पहिले कच्ची बाटोमा साईकल लिएर हिंडथियौ हामी अहिले, यती ठुला फराकिला सडक निर्माण भएका छन् । सबै तिर बाटोघाटो सुविधा पुगेको देख्दा निकै खुशी लाग्छ उनी भन्छन् ।

फराकिलो सडक, विचमा हरियाली बोटबिरुवा, साझँपख उज्यालो बत्तीले सडकलाई झनै सुन्दर र रौनक बनाएको उनको भनाइ छ । तर विकासका निम्ती धर्म संस्कृतिसँग जोडिएका पुराना वर, पिपल बोट, विरुवा मासिँदा भने उनी दु:खी हुन्छन् ।

सडक निर्माणका क्रममा बाईपास रोडका धेरै बोटबिरुवा चौताराहरु मासिँए तर विशालचोकमा रहेको वर, पिपल भएको चौतारा भने मासिँएको छैन, त्यही चौतारामा आफुहरुलाई आएर बस्न, आफ्ना उमेर समुहका व्यक्तीहरुसंग गफगाफ गर्दै बस्न पाईको उनी बताउछन् ।

उनले वृक्षरोपणले सहरलाई सुन्दर त बनाएको छदै छ तर पनि आगामी दिनहरुमा सडक बनाउदा पुराना बोट विरुवालाई मध्यनजर गर्दै जोगाएर विकास निर्माणका कार्य गर्न सुझाव दिन्छन् ।

महानगरले मुख्य सडकहरुमा सौन्दर्यकरण गर्ने नीति लिएसंगै ठूला ठूला सडकमा वृक्षरोपण, पार्किङ्ग, नाला तथा फुटरेल राखी सौन्दर्यकरण गर्न लागेको हो । यी कामहरु अगाडि बढाउदा तत्काल सुन्दरतामा कमी आए पनि भावी दिनमा सभ्य र सुन्दर नगर बन्ने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको भनाई छ ।

भरतपुर महानगरपालिकाले एक घर दुई विरुवाको नीति नै लिएकाले भरतपुरलाई हेर्न लायक शहर, हरियाली सडक, वातावरणमैत्री सहरका रुपमा अगाडि बढाउन अग्रसर रहेको प्रमुख दाहालले बताइन् ।

मापदण्ड पुगेका सडकका छेउमा वृक्षरोपण गरेर हरियाली महानगर बनाउने र सुन्दर महानगरको परिकल्पनाअनुसार हरियाली बनाउन यस आर्थिक बर्ष २०८१ -८२ मा ४ करोड बजेट विनियोजन गरिएको थियो । हरियालीको माध्यमबाट महानगरको सौन्दर्यीकरणको काम भएको उनले जानाकारी दिईन् ।

‘अघिल्लो वर्षहरूमा पूर्वाधारलाई जोड दियौं। यसपटक हरियाली सहरको परिकल्पनाअनुसार नीति तथा कार्यक्रममा जोड दिएका छौं,’ दाहालले भनिन्, ‘सडक बन्यो, अब तीनै सडकलाई सजाएर आकर्षक र सौन्दर्यीकरण बढाउन लागेका छौं। ’

‘यस क्षेत्रमा राष्ट्रिय तथा सामुदायिक वन भए पनि स्वच्छ र हराभरा सहरकारुपमा परिचत गराउन सहर क्षेत्रका सडकमा वृक्षरोपण गरिएको हो’, प्रमुख दाहालले भनिन्,महानगरले यहाँका छ लेन सडक, बाईपास र भित्री सडकमा हरियाली प्रवर्द्धन गर्ने नीति लिएको छ ।

नेपालकै नमूना सहर बनाउने परिकल्पना आफूसँग रहेको भन्दै महानगर प्रमुख दाहाल बाहिरबाट आउने जो कोहीका लागि पनि फरकपन दिन सक्ने गरी काम अघि बढाउन लागिएको बताउछिन् ।

महानगरले एक वडा एक पार्क निर्माणको नीतिलाई निरन्तरता दिइने, वातावरणीय सन्तुलन कायम गर्न टेवा पुयाउने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निःशुल्क रूपमा विरुवा वितरण गरी वृक्षारोपण र संरक्षणको व्यवस्था मिलाइने उनको भनाई छ ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर ११ का शिवहरी पोख्रेले भरतपुर महानगरमा विकास निर्माणले गती लिदै गएको बताउछन् । भरतपुर महानगरपालिकामा अहिले हेर्न लाएक विकास निर्माणका गतिविधिहरु भएको बताउछन् ।

महानगरले गर्दै गरेको हरियाली प्रवर्द्धन कार्यले भरतपुरलाई थप सुन्दर बनाएको छ तर यसलाई भने संरक्षण र निरन्तरता दिनुपर्ने उनको भनाई छ । उनले विरुवा रोपेर छोडेर मात्रै हुँदैन यसलाई हुर्काउन यसको संरक्षणको पनि गर्नुपर्ने बताउछन् ।

विभिन्न, संघ, संस्था, क्ल्बहरु, वडाहरुले पनि महानगरमा धेरै विरुवाहरु रोपेका छन् तर विरुवा रोपी सकेपछी कस्तो भयो बाच्यो कि मर्यो अथवा फुल्यो कि फुलेन भनेर चासो दिएको देखिदैन । महानगरले पनि जुन वृक्षरोपणको कार्य गरिरहेको छ त्यसलाई निरन्तरता दिदै संरक्षण गर्नुपर्ने बताउछन् ।

भरतपुर महानगरपालिकाकी वातावरण तथा हरियाली प्रर्वद्धन महाशाखा प्रमुख विशुराम कुँवरले यतिबेला भरतपुरका विभिन्न सडकमा हरियाली कार्यक्रम भईरहेको बताए । उनले महानगरपालिकाले विगत देखिनै हरियालिका निम्ति वृक्षरोपणको कार्यक्रम गरिराखेको बताए ।

उनले भने, सुन्दर हरियाली शहर बनाउनका लागि महानगरले विगत देखिनै वृक्षरोपणको काम गरिराखेको नै हो गत वर्षबाट भने अभियान नै लिएर पहिलो प्रथामिकतामा राखेर विभिन्न काम गरिराखेको छ । मापदण्ड पुगेका भरतपुरमा सडक खण्डको दुवैतिर तथा डिभाईडरमा वृक्षरोपण गरिएको उनको भनाई छ ।

त्यस्तै यसै आर्थिक बर्ष २०८२ – ८३ मा वातावरण संरक्षणका लागि करिब ४ करोडको बजेट विनियोजन गर्ने तयारी गरिएको उनले बताए ।

भरतपुर बाईपास रोडमा भएका केही डिभाइडरमा भरतपुर महानगरपालिकासंगै सडक डिभिजन कार्यालय र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले पनि सहयोग गरेको छ ।

डिभिजन वन कार्यालयले पनि प्राकृतिक वातावरणलाई हरियाली राख्न, सहरी सौन्दर्य बढाउन, पर्यावरण तथा जैविक विविधताको संरक्षणका लागि वन कार्यालयले बर्सेनि विरूवाहरु वितरण गर्दै आएको छ ।

हरियाली चराचुरुङ्गी, पशु, जनावर, प्रत्यक मानिसहरुलाई चाहिन्छ बढ्दो सहरिकरण, बढ्दो जनसंख्यालाई हेर्दा अबको यो युगमा हरियालीको निकै महत्व रहेको छ । नेपालमा पाइने एक सय ५८ प्रकारका रूख र ७५ प्रकारका बुटाहरु विश्वका अन्त कतै पाइँदैनन् ।यहाँ तीन सय १२ प्रकारका रैथाने जातका बोट बिरुवा छन् भने चितवन जिल्लामा ४३१ कबुलियती वन र ९३ सामुदायिक वन रहेका छन् ।

यस्ता बोटविरुवाहरुको सरकारले त्यती चासो दिएर संरक्षणतर्फ लागेको देखिदैन, अब हामीले नै संरक्षण गर्नुपर्दछ । नेपालको पछिल्लो जनगणनाको तथ्याङ्कलाई नै हेर्ने हो भने करिब दुई तिहाई जनसङ्ख्या सहरी क्षेत्रमा बस्छन् । पछिल्लो समय विभिन्न सहरका सडक किनारमा हरियाली अनिवार्य जस्तै छ ।

भरतपुरसंगै नेपालमा बढ्दो वायु प्रदूषण, तापक्रम कम गर्न तथा वातावरणमा सन्तुलन कायम राख्न हरियाली प्रवर्द्धनलाई महत्त्व दिनुपर्दछ । अब हरियाली प्रवर्द्धन कार्यलाई दीगो रूपमा अगाडि बढाउन स्थानिय सरकार, प्रदेश सरकार र केद्रिय सरकारले जोड दिनुपर्छ ।

हरिया रुख, पातहरुले गर्दा नै हामी अहिले बाँचिराखेका छौं ।किनभने रुखले हामीलाई शुद्ध हावा दिन्छ । यसलाई हामीले बचाउन सकियो भने हामी बाँच्न सकिन्छ । सुन्दा सामान्य लाग्छ तर हरियाली बोटबिरुवाले यती ठुलो भूमिका खेल्छ कि हराभरा रुख र विरुवाले हामीलाई अत्यावश्यक अक्सिजनमात्रै दिँदैन । एउटा व्यक्ती जन्मिए पछी उसलाई चाईने आधारभुत आवस्यकतासंगै वरिपरिको वातावरणलाई स्वच्छ, स्मरण क्षमतामा वृद्धि लामो आयु, स्वस्थ निरोगी जीवन बनाउँछ ।

बृक्षारोपणले बातावरण जोगाउने, कार्बन उत्सर्जन घटाउने, प्रदुषण रोक्ने, भूमिको स्तर खस्कन नदिने सामुद्रिक जीवनको रक्षा र सुधार गर्ने तथा भावी मानव पुस्ताको भबिष्य गुणस्तरीय तुल्याएर सुरक्षित राख्न अत्यन्तै महवपूर्ण सामयिक उदेश्य राखेको हुन्छ ।

मानिस र वातावरणबिचमा निकै घनिष्ठ सम्बन्ध हुने भएकाले पनि वातावरण र बोट विरुवाको संरक्षण गर्नु महत्त्वपूर्ण मानिन्छ। बोट विरुवा रोप्दा यसले दिने छायाँले वातावरणलाई प्राकृतिक रूपमा चिसो बनाउँछ।

वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा सरकारको इच्छाशक्ति भए असम्भव भन्नि केही छैन । हराभरा बनाउन गाह्रो भए पनि केही हदसम्म परिवर्तन गर्न सकिने छ । ग्रामीण क्षेत्रमा वन जंगलको संरक्षण गर्ने काम अलिअलि भएका छन् । यो भन्दा अगाडि सामुदायिक वनका कारण धेरै संरक्षण भएका छन् र नेपालको वनजंगलको क्षेत्र बढेको पनि छ’।

खुला ठाउँहरुलाई मास्नुभन्दा हरियाली प्रवर्द्धन गरेर सहरी क्षेत्रलाई प्रदूषण मुक्त गर्न सहयोगी हुन्छ । ‘कतिपय भएकालाई पनि उचित व्यवस्थापन जरुरी छ । यसलाई व्यवस्थित र दीगो रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुपर्ने वातावरण विज्ञ बताउछन् ।

विज्ञका अनुसार ‘निश्चय पनि हरियाली प्रवर्द्धनले वहुआयामिक फाइदा पुग्छ । अहिले नै पनि प्रदूषण बढ्दा बाटो छेउका रुखहरुले केही मात्रामा प्रदूषण कम गर्न सघाउ पु¥याउँछन् । यो अध्ययनहरुले पनि देखाएको छ’ ।

‘अर्को कुरा यो गर्मीको मौसममा बाटो किनारमा रुखहरुको छहारीले हिँड्ने मानिसहरुलाई पनि सुविधा हुन्छ । हिँड्नलाई पनि प्रवर्द्धन हुन्छ । हिँड्ने र साइकल चढ्ने जस्ता यात्रायातमैत्री विधि प्रयोग गर्न पनि रुखबिरुवा चाहिन्छ ।’

सहर धेरै कङ्क्रिट हुन नहुने र हरियाली क्षेत्रहरु आवश्यक भएकाले त्यसतर्फ सबै पक्ष गम्भीर हुनुपपर्छ । यद्यपि सहरी क्षेत्रमा हरियाली प्रवर्द्धन गर्न केही चुनौती भने स्वाभाविक रूपमा रहेको विज्ञको भनाई छ ।

सरकारको बजेटमा वातावरण संरक्षणको विषयलाई पनि प्राथमिकता दिएको देखिन्छ ।जसअनुसार वन, जैविक विविधता र जलाधार व्यवस्थापनमार्फत वातावरणीय सन्तुलन कायम गर्ने उल्लेख छ ।

यस्तै सुरक्षित, स्वच्छ, व्यवस्थित र आर्थिक रूपमा गतिशील सहर निर्माणका लागि गुणस्तरीय पूर्वाधार सेवा तथा सुविधा उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।सरकारले विश्व वातावरण दिवस मनाइरहँदा बढ्दो प्रदूषणलाई ध्यान दिँदै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा तत्काल प्रभावकारी पहलकदमी लिन जरुरी छ ।

भरतपुरमा सडक मात्रै नभएर, फुटपाथ र अतिक्रमण जग्गा, खोला किनारका कति ठाउँ छन्, जहाँ हरियाली प्रवर्द्धन गर्न सकिन्छ । फुटपाथलाई हटाएर पनी खाली ठाउँमा हरियाली गर्न सकिन्छ ।

भरतपुर देशको मध्य भागमा पर्ने सबै कुराले भरिपूर्ण, सहर मध्यको पनि सुन्दर शहर हो । भरतपुर पर्यटकिय हिसाबले पनि अगाडि छ ।भरतपुरमा विभिन्न तालतलैया, वनजङल, मठमन्दिर प्रशस्त छन् । यि सबै चिजहरुलाई संरक्षण गर्दै विकासका पाईला अगाडि सार्ने हो भने भरतपुर सहरलाई देशकै नमुना शहर बनाउन सकिन्छ ।

सुझाव, चितवनमा सहरीकरण बर्सेनि बढिरहेको छ । यहाँका सडक चौडा र कालोपत्रे विस्तारको क्रममा वरपिपललगायतका रुखहरु काटिँदा हरियाली कम भएको देखिन्छ । जसले गर्दा पुराना सित्तल दिने, हाम्रा धर्म संस्कृतिसंग जोडिएक बिरुवा मासिएका छन् । आगामी दिनहरुमा विकाससंगै विकल्पको बाटो खोजेर पुराना बोटबिरुवाको संरक्षण गर्नुपर्दछ ।

‘एउटा रुख हुर्काउन वर्षौं लाग्छ, ढाल्न एकैछिन पनि लाग्दैन । विदेशतिर एक ठाउँको रुख जत्रो भए पनि अर्को ठाउँमा सार्ने प्रविधिको विकास छ, तर हाम्रो देशमा त्यो प्रविधि हालसम्म छैन ।’यतिबेला ‘धेरै पीपलका रुख काटिएका छन्, एउटा पुरानो पीपलले मानिसलाई दिने फाइदा अहिले १०० वटा बिरूवा रोपिँदा पनि आउँदैन, पुरानो रुखको त्यति धेरै फाइदा हुन्छ ।’

महानगरले अब रोपेका विरुवाहरु सुरक्षित छन् कि छैनन्न रोपिसकेका विरुवा के कस्ता भए भने संरक्षणमा पनि ध्यान दिन जरुरी छ । विरुवा रोप्नु मात्रै ठुलो कुरा हैन कि रोपिएका विरुवाको संरक्षणका लागि पनि महानगरले ठोस कदमा चाल्न आवश्यक छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु