पाकिस्तानमा भारतको हवाई आक्रमण चिन्ताजनक : चीन

काठमाडौँ – चिनियाँ विदेश मन्त्रालयले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई आक्रमणलाई ’चिन्ताजनक’ भनेको छ । भारत र पाकिस्तानबिच बढ्दो तनावको बारेमा सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वर्तमान अवस्थाप्रति ‘चिन्तित’ रहेको बताएका हुन् ।

चिनियाँ विदेश मन्त्रालयले भन्यो, ‘भारत र पाकिस्तान एकअर्काको छिमेकी हुन् र सधैं रहनेछन्। उनीहरू दुवै चीनका छिमेकी पनि हुन् । चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दछ।’ मन्त्रालयका प्रवक्ताले दुवै देशलाई ‘शान्ति कायम राख्न, संयम अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउन सक्ने कार्यहरूबाट बच्न’ अपिल पनि गरेका छन् ।

बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बिचमा ’अपरेशन सिन्दूर’ चलाएको बताइन् ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले नियन्त्रण रेखामा भारतको हवाई आक्रमण र गोलाबारीमा २६ जनाको मृत्यु भएको र ४६ जना घाइते भएको बताएका छन् ।

यसैबिच, एक वरिष्ठ भारतीय अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार नियन्त्रण रेखा नजिकै भएको गोलीबारीमा भारतीय पक्षमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु