पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भन्यो – भारतबाट भएको क्षेप्यास्त्र हमला “जघन्य अपराध”

पाकिस्तान – पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतले मङ्गलवार राति थालेको क्षेप्यास्त्र हमलालाई “जघन्य अपराध” भन्दै त्यसको निन्दा गरेको छ। समितिले पाकिस्तानी सार्वभौमसत्तामाथि भारतले धावा बोलेको निष्कर्ष निकालेको छ।

संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ५१ उद्धृत गर्दै पाकिस्तानले आफ्नो प्रतिरक्षा गर्न पाउने अधिकार आफूसँग भएको बताएको छ। पाकिस्तानका सैन्य बलहरूलाई भारतलाई जबाफ दिने गरी कारबाही गर्न पाउने अधिकार दिइएको उसले बताएको छ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले समितिको बैठकको अध्यक्षता गरेका थिए। समितिको बैठकपछि प्रकाशित विज्ञप्तिमा पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान र ड्रोन खसालिएको दाबी गरेको छ।

पाकिस्तानी भूमिमा आतङ्ककारीहरूका शिविरहरू भएको भारतीय आरोपको पाकिस्तानले फेरि खण्डन गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु