भारत – कोलकाताको एक होटलमा मंगलबार राति आगलागि हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। आगो नियन्त्रणमा लिएको र २२ जनालाई उद्दार गरिएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्।
होटलभित्र अझै केही मानिसहरु फसेको हुन सक्ने आसंकामा उद्दार कार्य जारी राखिएको छ। पुलिस कमिश्नर मनोज वर्माले आगो ऋतुराज होटलमा राति करीब ८:१५ बजे लाग्न सुरु गरेको थियो। आगो नियन्त्रणमा प्रहरी परिचालन गरिएको थियो। लगतै १४ शव फेला परेको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानमा होटलको चौथो तल्लामा जडान गरिएको बिजुलीको मिटरमा सर्ट सर्किट भएर आगलागी भएको खुलेको छ । घटनास्थालमा रहेका एक प्रत्यक्ष दर्सीका अनुसार आगो लागेपछि मानिसहरु बच्नका लागि होटलको छत तथा झ्यालबाट समेत हाम फालेका थिए।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि विशेष टोली पनि गठन गरिएको छ।


