ब्राजिलका पूर्वराष्ट्रपति डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा नौ वर्षको जेल सजाय

ब्राजिल – पूर्वराष्ट्रपति फर्नान्डो कोलोर डी मेलोलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा सर्वोच्च अदालतले नौ वर्षको जेल सजाय सुनाएपछि शुक्रबार पक्राउ गरिएको सङ्घीय प्रहरीले जनाएको छ।

ब्राजिलमा प्रजातान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति कोलोर डी मेलोलाई सन् १९९२ मा काङ्ग्रेसले घूस लिएको आरोपमा महाभियोग प्रक्रिया सुरु गरेको थियो, जसले गर्दा उनले कार्यकालको बीचमा राजीनामा दिनुपरेको थियो।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार ७५ वर्षीय उनलाई देशको उत्तरपूर्वी क्षेत्रबाट पक्राउ गरिएको हो। अदालतले बिहीबार उनको पक्राउ आदेश खारेज गर्ने प्रयासलाई अस्वीकार गरेको थियो।

अभियोजकहरूले एक निर्माण कम्पनी र ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासको सहायक कम्पनीबीच ‘अनियमित सम्झौता गर्न’ रकम लिएको आरोप लगाएका छन्।

कोलोर डी मेलो ब्राजिलको कानुन उल्लङ्घन गर्ने पहिलो राष्ट्रपति भने होइनन्। सन् १९६४ देखि १९८५ सम्म देशको नेतृत्व गरेका सातमध्ये चार राष्ट्रपतिलाई दोषी ठहर गरिएको, जेल पठाइएको वा महाभियोग लगाइएको थियो।

Forbes

सन् २०२२ को चुनावमा पराजित अति दक्षिणपन्थी पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई ‘कू’ को षड्यन्त्र गरेको आरोपमा मुद्दा चलाउन आदेश दिइएको छ। एएफपी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु