चितवन – चितवनका प्रध्यापक ओमराज मैनाली मृत भेटिएका छन । उनि देवघाटस्थित नदी जलमापन केन्द्र नजिकै आज साँझ मृत भेटिएका हुन । तीन दिनदेखि सम्पर्कबिहिन उनको खोजी तीब्र पारिएको थियो ।
पछिल्लो समय उनि भरतपुर महानगरपालिका वडा नम्वर-२ स्थित न्यू होराइजन इङ्लिस स्कुलमा प्राचार्यमा नियुक्त भएका थिए । यसअघि मैनाली भरतपुरको अंकुरम एकेडेमीमा सहायक प्राचार्यको रुपमा कार्यरत थिए ।
उनि ८ गते साँझ ७ः३० बजे घरबाट निस्किएका थिए । राती ८ः३० बजेदेखि उनको मोबाइल अफ भएको थियो भने मोटरसाइकल देवघाटको पुल छेउमा फेला परेको थियो ।


