दिल्लीको मुस्तफाबाद क्षेत्रमा भवन भत्किँदा चार जनाको मृत्यु

दिल्ली – मुस्तफाबाद क्षेत्रमा एक भवन भत्किँदा चारजनाको मृत्यु भएको छ । धेरै मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

अन्य आठदेखि दशजना भग्नावशेषमुनि फसेको अधिकारीहरूले आशंका गरेका बीबीसीले जनाएको छ ।

अग्नि नियन्त्रक राजेन्द्र अटवालले फसेकाहरूलाई उद्धार गर्ने प्रयास भइरहेको बताए । अटवालले उद्धारका लागि एनडीआरएफ, अग्नि नियन्त्रक सेवा र प्रहरी टोलीले काम गरिरहेको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु