भारत – बिहेमा बेहुलाको जुत्ता लुकाउने परम्परालाई निकै रमाइलो मान्ने गरिन्छ । खासगरी बेहुलाकोसालीले जुत्ता लुकाउने र त्यसबापत रकम माग्ने प्रचलन छ । यही परम्पराका कारण एउटा बिहे रद्द भएको छ।
शनिबार भारतको उत्तर प्रदेश राज्यको बिजनौरस्थित नजीबावाद निवासी खुर्शीदकी छोरीको विवाह थियो ।देहरादुनमा सैलुन सञ्चालन गर्दै आएका मोहम्मद साबिरसँग खुर्शीदकी छोरीको विवाह हुँदै थियो । सोहीक्रममा बेहुली पक्षले बेहुलाको जुत्ता लुकाइदिए । जुत्ता फिर्ता दिनका लागि उनीहरूले ५० हजार रुपैयाँ मागगरे । बेहुलाले ५ हजार रुपैयाँ दिने जनाए ।
यही विषयमा बिस्तारै विवाद बढ्न थाल्यो । रमाइलो मानिने यो परम्परा आखिर तनावमा परिणत भयो ।बेहुला पक्षका अनुसार बेहुली पक्षले बेहुला र जन्तीमाथि कुटपिट गरे । बेहुली पक्षले भने बिहेमा बेहुलापक्षबाट कारको माग गरिएको आरोप लगाएको छ ।
विवाद बढेपछि प्रहरीलाई खबर गरियो । प्रहरी कार्यालयमा दुवै पक्ष पुगे । त्यसपछि दुवै पक्ष विवाह नै रद्दगर्ने निष्कर्षमा पुगे । यो निर्णयसँगै बेहुला र जन्ती बेहुली नलिइकनै फर्किएका छन् ।


