मानव सेवा आश्रमको स्तरोन्नतिका लागि महायज्ञ

हेटौंडा – हेटौंडाको लामसुरेधापमा मानव सेवा आश्रमको स्तरोन्नतिका लागि श्रीभदभागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ आयोजना भैरहेको छ । यही चैत्र १७ गतेदेखि २४ गतेसम्म संचालित भैरहेको आयोजक समितिले जानकारी गराएको छ । आयोजक समितिका पदाधिकारीहरूले महायज्ञबाट संकलित सहयोग रकम आश्रमको भवन निर्माणमा खर्च गरिने बताएका छन् ।

कार्यक्रममा विभिन्न धर्मगुरु, राजनीतिक तथा समाजसेवी व्यक्तित्वहरूको सहभागिता भैरहेको छ । महायज्ञ अन्तर्गत भागवत प्रवचन, धार्मिक अनुष्ठान, भजन कीर्तन तथा अन्य सामाजिक सेवा कार्यक्रमहरू सञ्चालन गरिएका छन ।

हरेक दिन बिहान योग शिविर तथा विद्यार्थीहरूका लागि उत्प्रेरणात्मक कार्यक्रमहरू समेत आयोजना गरेर सबै आनन्दीत भैरहेको देखिन्छ । मानव सेवा आश्रमका केन्द्रीय तथा संस्थापक अध्यक्ष रामजी अधिकारीले जसको कोही छैनन् जसका केही छैनन् उनैको सेवामा समर्पित मानवसेवा आश्रम सबैको साझा मानवताको मन्दिर भएकाले स्तओनती निर्माणमा सबैले सकेको योगदान गर्ने अवशरका रुपमा महायज्ञलाई लिनुपर्ने बताए ।

ज्येष्ठ नागरिकहरू ज्ञानका खानी भएको भन्दै यस्ता व्यक्तिहरूको संरक्षणका लागि स्थानीयदेखि तीनै तहका सरकारको पहल आवश्यक रहेको बताए। हरेक पालिका र वडाले मानव सेवा आश्रमको भवन निर्माणमा आर्थिक योगदान दिएर अन्मोल सहयोग गरिरहेको बताए ।
सहयोगापेक्षी सडक आश्रितमानव मुक्त नगरपालिका घोषणा तयारी गरिसकेको र मानव सेवा आश्रमको सहकार्यमा अबका दिनमा हरेक जिल्लालाई नै सहयोगापेक्षी सडक आश्रितमानव मुक्त घोषणा गर्नुपर्ने आवश्यकता औँल्याए । उनले महायज्ञ सफल बनाउन सबै पक्षको सहयोग रहेको बताए ।

यो महायज्ञ मूल आयोजक समितिका संयोजक बद्रीनाथ शर्मा अनुसार महायज्ञमा हरेक मानवतावादी मनहरुबाट हुने नगद र जिन्सी दुबै सहयोग स्विकार गरिने छ । आश्रमको भवन निर्माणपछि सहयोगापेक्षी सडक आश्रित मानवहरुका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको प्रवन्धका लागि सहज हुने जनाइएको छ ।
ती मानवसेवा आश्रमको स्तरुन्नोती निर्माण सम्पन्नपछि १५० जना सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्ने मानवसेवा आश्रमले जनाएको छ ।

Forbes

आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी ९बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर० सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ ।

घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अस्ट्रेलियामा सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिएकाे छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु