पर्सा – समाजमा शान्ति, सुरक्षा कायम गर्न प्रहरीकाे ठूलाे भूमिका रहन्छ । प्रहरी हरेक जनताकाे साथी हाे । प्रहरीका हरेक काम कारबाही निष्पक्ष तथा न्यायिक हुनुपर्छ । भनिन्छ, प्रहरी र जनताबिचकाे दूरी एकदमै नजिककाे हुनुपर्छ । प्रहरी त्यो हो जसले अपराधलाई कम गर्न र अपराधीलाई सजाय दिलाउन मद्दत गर्छ । प्रहरी भन्ने बितिक्कै हाम्रो दिमागमा बर्दी लगाएको पुलिस सम्झना आउछ, जसले शान्ति, सुरक्षा कायम गर्न दिनरात मेहनत गर्दछ ।
फौजी संगठनमा महिलाको सहभागीता बढ्दै गएको छ। त्यती मात्र होइन उच्च पद तथा नेतृत्वदायी भूमिकामा पुग्ने महिला प्रहरीकाे संख्यामा पनि वृद्धि हुँदै गएकाे छ। अहिले नेपाल प्रहरीका महत्वपूर्ण विभाग, व्युरो, प्रदेश तथा जिल्लाकाे पनि महिला प्रहरीले नेतृत्व गरिरहेका छन् ।
२५ बर्षिय निकिता मिश्र धनुषा प्रहरीको “पुलिस अफ द मन्थ” को अवार्डबाट सम्मानित भएकी प्रहरी ईन्सपेक्टर हुन् । धनुषामा हुने विभिन्न अपराधिक घटनाको अनुसन्धान क्रममा धनुषाका प्रहरी प्रमुखहरुले उनलाई कमाण्डर बनाएर पठाउँछन् । महिला भएपछि डराउने प्रकृतिको ठान्ने मानसिकतालाई चुनौति दिँदै ईमान्दारीका साथ ड्युटि गर्ने जो कोही निडर, निर्भिक र साहसीक हुन्छन भन्ने धारणाको उजागरको उदाहरण प्रहरी निरीक्षक निकिता मिश्रलाई श्रेय दिन थालिएको छ । प्रहरी जवान देखि उपल्लो तहसम्मका व्यक्तिमा बोल्ने शैलीमा सुधार ल्याउन पनि उनी सफल भएका छन ।
विगतकाे तुलनामा अपराध र अपराधीकाे दायरा फराकिलाे भएकाे र सुरक्षामा चुनाैती बढेकाे कुरा उनी बताउछिन । अहिले अपराध र अपराधीकाे दायरा फराकिलाे हुनुमा उनी समयकाे परिवर्तन सँगै मानिसकाे साेचमा भएकाे परिवर्तनलाई दाेष दिन्छिन् । उनले समय ठिक नभई सबै मानिसलाई हरेक चिजकाे लाेभ भएर समाजमा अपराध बढेकाे कुरा बताएकी छन् । तराई अथवा मधेसतिरको महिला जो प्रहरी निरीक्षक जस्तो पदमा आउँदा सलाम नै गर्नु पर्ने हुन्छ। अहिले नेपाल प्रहरीमा महिलाको भूमिका पनि अन्त्यन्तै बढेको छ ।
परिस्थिती जे जस्तो भए पनि आफु पहिलो महिला प्रहरी भएर देशमा सेवा गर्न पाउदा उनी मन देखी खुशी छिन । देशको माया गर्ने उनमा आज पनि धेरै महिलाहरु देशको निस्वार्थ प्रहरीमा लाग्नको निम्ती अभिप्रेरित गर्छिन । उनी भन्छिन, ‘महिलाले गर्न नसक्ने केही पनि छैन । हामीले हाम्रो देश र आफ्नो माटोको लागि पुरुष सरह नै राष्ट्रसेवाको काम गर्न सक्छौ ।’
‘नेपाल प्रहरी आधा आकाश ढाकेको महिलालाई न्याय प्रदान गर्ने प्रारम्भिक निकाय पनि हो’ उनी भन्छिन, ‘महिला हुने हिंसा अपराधिक घट्नालाई महिला प्रहरी अधिकृत र कर्मचारीले नै डिल गर्दा सहज हुन्छ र न्यायको सही र असल सम्पादन हुन्छ भन्ने हाम्रो विश्वास हो ।’
विगतको तुलनामा अपराध र अपराधीको दायरा फराकिलो बन्दै गएकोले सुरक्षा चुनौती पनि बढेको उनको ठम्याइ छ । तर, त्यसो हुनुको दोष उनले समयसँगै परिवर्तित समाज र मानिसको सोचलाई दिन्छिन् ।उनले भनिन्, ‘समय ठिक छैन । सबैलाई हरेक चीजको लोभ छ । लोभकै कारण अपराध बढेको छ । म ठूलो हुँ भन्ने घमण्ड नभएको प्रहरी भेटियो । यस्ता कर्मचारीहरु बढ्दै गए भने देशले मुहार फेर्न समय लाग्दैन ।’
कुनै पनि घटनालाइ गहन रुपमा अध्ययन गर्ने, सबैलाइ सम्मानजनक व्यवहार गर्ने भएकोले यस अघि प्रहरीसँग रिस पोख्नेहरु पनि विस्तारै कम भैरहेको व्यवसायीहरुको भनाइ छ । कार्यकालमा भएका केही ठूला घटनालाइ पनि सहज रुपमा उनले समाधान गर्न सफल भएका छन् । ‘प्रहरीले चाहना राख्यो भने समस्या समाधान गर्न सक्ने रहेछ भन्ने यो उदाहरण हो’ एक प्रहरी अधिकृतले भने, ‘प्रमुख जस्तो भयो, सबैको बानी त्यस्तै हुने हो ।’

जिल्लामा बसुन्जेल राम्रो काम गरेर सबैले सम्झन योग्य बन्ने चाहना उनको छ । यस्तै विषयमा रहेर थोरै कुराकानी गर्ने प्रयास गरेका छौ ।
प्रहरी सेवा कहिले र कहाँबाट सुरु गर्नु भयो ?
मेरो जन्म रौतहट जिल्लाको बलुवा मदनपुर नगरपालिका वडा ०५ हाल बिरगंज महानगरपालिका वडा न १४ मा बसिबसाई सङ्गै बिरगंज तथा संघीय राजधानीको किस्टमा पढाइ सिध्याएर प्रहरी सेवा प्रहरी निरीक्षक २०८१- बैशाख २२ गते बाट प्रहरी सेवामा बिधिबत जागीर सुरु गरियो।
प्रहरी जागीरलाई कसरी लिनु हुन्छ ?
“मैले प्रहरी जागिरलाई केवल पेशा मात्र नभई, समाजसेवा र न्यायको प्रवर्द्धन गर्ने जिम्मेवारीको रूपमा लिएको छु। नागरिकलाइ समाजमा शान्ति, सुव्यवस्था र अपराध नियन्त्रणको लागि मैले प्रहरी पेशा रोजेको हुँ। यो केवल रोजगारी नभई जनताको सेवामा समर्पित एक उच्च जिम्मेवारी हो।”
पहिलेको वा अहिलेको प्रहरी सेवामा आफू प्रहरी निरीक्षक हुँदै गर्दा के फरक पाउनु भयो ?
पहिलेको तुलनामा अहिले नेपाल प्रहरी थप व्यावसायिक, प्रविधिमैत्री, र नागरिकमैत्री बन्दै गएको छ। प्रहरी निरीक्षकको रूपमा मैले यो संक्रमणलाई नजिकबाट अनुभव गरिरहेको छु, जसले सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
-प्रविधिको प्रयोग र आधुनिकीकरण
-जनतासँगको समन्वय र सामुदायिक पुलिसिङ
-अनुशासन, पारदर्शिता र उत्तरदायितवका
-चुनौती र कामको दायरा
-तालिम र व्यावसायिकता
जागिरको सिलसिलामा पहिलो पटक नै तराईको जिल्लामा काम गरिरहनु भएको छ कति को असजिलो महसुस गर्नुभयो ?
मधेशमा पहिलो पटक प्रहरीको रूपमा काम गर्न पाउँदा मेरो लागि यो नयाँ अनुभव र अवसर दुवै हो। यहाँको भौगोलिक, सांस्कृतिक, र सामाजिक विविधता बुझ्दै, समुदायसँग नजिक रहेर सेवा गर्न पाउनु एक महत्वपूर्ण जिम्मेवारी हो।
प्रहरी सेवा भनेको कुनै निश्चित ठाउँ वा समुदायको सीमामा मात्र सीमित हुँदैन। यो जहाँ गए पनि, निष्पक्ष रूपमा, सबै नागरिकप्रति समान व्यवहार गर्दै कानूनी शासनलाई मजबुत बनाउने कार्य हो। मधेशमा खटिनु मेरा लागि स्थानीय समुदायको विश्वास जित्ने, उनीहरूको वास्तविक समस्या बुझ्ने, र अपराध नियन्त्रणका साथै शान्ति सुरक्षामा योगदान दिने अवसरको रूपमा आएको छ।
यहाँको समाजलाई नजिकबाट बुझ्दै, उनीहरूको आवश्यकताअनुसार सेवा दिनु प्रहरीको मुख्य दायित्व हो भन्ने महसुस गरेको छु। मधेशी समुदायसँग संवाद बढाउँदै, सहकार्य गर्दै, सुरक्षित वातावरण निर्माणमा मैले आफ्नो भूमिकालाई गर्वका साथ निर्वाह गरिरहेको छु।


