चितवन – नेपाल अटोमोबाइल एसोसिएसन (नासा) अन्तर्गतको बागमती प्रदेश अटोमोबाइल संघले भरतपुरमा सार्वजनिक यातायातको अवस्थाको विषयमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले यातायात व्यवसायी र विद्यार्थीहरुबिच छुट्टाछुट्टै अन्तरक्रिया गरेको हो ।
बागमती प्रदेश अटोमोबाइल संघका अध्यक्ष राजन पियाले भरतपुर महानगरभित्रको सार्वजनिक यातायातलाई प्रभावकारी बनाउने उद्देश्यले ती दुई कार्यक्रमको आयोजना गरिएको बताए । उनले भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउन सार्वजनिक यातायातको पनि अहम भूमिका रहन्छ र त्यसै विषयमा भरतपुर क्षेत्रभित्रको सार्वजनिक यातायातको हालको अवस्था र यसको सुधारको विषयमा केही यसै विषयका इन्जिनियरहरुले एक महिनादेखि अध्ययन गरिरहेको जानकारी दिए ।
नेपाल पोलीटेक्निक इन्स्टिच्युट भरतपुर का इन्जिनियर विषय अध्ययन विद्यार्थीहरुसँग र उद्योग वाणिज्य संघ चितवनको सभाहल नारायणगढमा यातायात व्यवसायी हरु बिच अन्तरक्रिया कार्यक्रम भएको थियो । ती दुबै कार्यक्रममा नासाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द भट्टराईले कार्यक्रममाथि प्रकाश पारेका थिए । नासाका सचिव सन्तोष न्यौपानेले सहजीकरण गरेको ती दुबै कार्यक्रम बागमती प्रदेश अटोमोबाइल संघका सचिव यज्ञप्रसाद पौडेलले संचालन गरेका थिए ।
पोलीटेक्निक इन्स्टिच्युटमा भएको कार्यक्रममा पुलचोक–गोन्द्राङ सडक परियोजनाका इन्जिनियर सुनिल ढुंगानाले भरतपुरका सडकको बारेमा बोलेका थिए भने पोलीटेक्निक इन्स्टिच्युटका सहप्राचार्य दीपक ढकालले पनि मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा इन्स्टिच्युटमा अध्ययनरत ६० जना जति विद्यार्थीहरु सहभागी थिए ।
उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा नारायणी यातायातका पूर्वअध्यक्ष शंकर गिरी, भरतपुर महानगरपालिकाका अधिकृत बालकृष्ण थपलिया, चितवन यातायातका खेम आले, छहारी यातायातका बद्री पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी र बागमती प्रदेश अटोमोबाइल संघका कोषाध्यक्ष जनककुमार ढकालको पनि उपस्थिति रहेको थियो ।


