नौ गते चितवनको कसराचोकमा माओवादी केन्द्रको जागरण सभा, सकियो वडास्तरीय कमाण्ड बैठक

चितवन – नेकपा (माओवादी केन्द्र) को जनतासँग माओवादी : तराई–मधेश हुलाकी मार्ग जागरण अभियान अन्तर्गत चैत नौ गते भरतपुर महानगरपालिका–२३, कसराचोकमा जागरण सभा आयोजना हुँदैछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट सम्बोधन हुने उक्त जागरण सभालाई भव्यरुपमा सफल पार्न मंगलबार माओवादी केन्द्र, जिल्ला पार्टी कार्यालयमा वडास्तरीय कमाण्ड बैठक सम्पन्न भएको छ ।

नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिका अध्यक्ष ईश्वर सापकोटा सुमनले जागरण सभा चैत ९ गते शनिबार कसराचोकमा बिहान ११ः३० बजे आयोजना हुने जानकारी दिए । उनले मंगलबार सम्पन्न वडास्तरीय कमाण्ड बैठकबाट विभिन्न जिम्मेवारी बाँडफाँट गरिएको बताए ।

वडास्तरीय कमाण्ड बैठकमा नेकपा (माओवादी केन्द्र) का नेताहरु ईश्वरी भट्टराई, घनश्याम दाहाल अविनाशलगायतले बोलेका थिए । बैठकको छलफल जागरण सभाको आयोजनामा केन्द्रित रहेको बैठकका सहभागी डिलाराम कँडेलले जानकारी दिए ।

बैठकमा माओवादी केन्द्रका बद्री तिमिल्सिना, आरसी अधिकारी, निशा न्यौपाने, कृष्णराज लभ्ली, अरुण पीडित भण्डारी, नारायण आचार्य, प्रेम भुजेललगायत नेता एवं ठुलो संख्यामा कार्यकर्ताहरु सहभागी थिए ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु