दक्षिण अमेरिकामा विनाशकारी आँधी, कम्तीमा ३४ जनाले ज्यान गुमाए

काठमाडौं – दक्षिण अमेरिकामा विनाशकारी आँधी आएको छ, जसमा कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन्। तीमध्ये मिसौरीमा १२ जनाको मृत्यु भएको छ भने क्यान्ससमा आठ जनाको ज्यान गएको छ।

बीबीसीका अनुसार उक्त खतरनाक आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। कैयौं गाडीहरू पल्टिएका छन् र धेरै घरहरू क्षतिग्रस्त भएका छन्।

सरकारी अधिकारीहरूका अनुसार शनिबार दिउँसोसम्म सात राज्यका २ लाख ५० हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। मिसिगन, मिजौरी र इलिनोइस सबैभन्दा बढी प्रभावित रहेका अधिकारीहरूले बताएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु