कफीमाथिको ‘दूधेकला’ प्रतियोगिता हुँदै

चितवन – तपाईंले क्यापुचिनो वा लाट्टे कफी पिउनु भएको छ ? पिउनु भएको छ भने ती कफीको कप तपाईं अगाडि आइपुग्दा कफीमाथि दूधले बनाइएको कला पक्कै देख्नु भएको होला । यो ‘दूधेकला’ लाई कफी क्याफे सञ्चालकहरु ‘लाट्टे आर्ट’ भन्छन् । नारायणगढमा फागुन २८ र २९ गते चितवन लाट्टे आर्ट प्रतियोगिता हुने भएको छ ।

उद्योग वाणिज्य संघ चितवनमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिइएको छ । प्रतियोगितामा दमक, इटहरी, धरान, काठमाडौँ, कावासोती, बुटवल, हेटौँडा, पोखरा र चितवनबाट ४६ जना प्रतियोगी सहभागी हुने प्रतियोगिताका संयोजक सुदिश थापाले जानकारी दिए ।

पहिलो चरणमा सहभागी ४६ जनाबाट छानिएका २१ जनालाई सेमीफाइनलमा प्रतिस्पर्धा गराई नौ जनालाई फाइनल प्रतिस्पर्धामा लगिने थापाले बताए । फाइनलमा पुग्ने नौ जनामध्ये उत्कृष्ट ६ जनाले पुरस्कार पाउने छन् । पहिलो हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौँ हुनेले १० हजार र छ्रटौँ हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

कफी ओ क्लक र हिमालयन चियाले प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिताको साझेदारमा नेपाल कफी व्यवसायी महासंघ तथा मुख्य प्रायोजकमा माउन्टेन जाभा र ग्लोरिया रहेका छन् । प्रतियोगिताको प्रबद्र्धक भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवन रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु