मगर स्थापना दिवसमा हुँदैछ बृहत् सांस्कृतिक कार्यक्रम

तनहुँ – देवघाट मगर उत्थान समाजले ४३औं मगर स्थापना दिवसको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । देवघाट गाउँपालिका-५, तनहुँमा बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी दिइएको हो ।

 आयोजक संस्थाकी कार्यवाहक अध्यक्ष अमृता थापा मगरले ‘मगर एकता हाम्रो अभियान, लोककला र संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नारालाई आत्मसात गर्दै बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताइन् ।

कार्यक्रममा लोकदोहोरी गायिकाहरू टीका पुन मगर र बबिता थापा मगर, गायकहरू पृथ्वी गुरूङ, निश्चल थापा मगर र शिव थापा मगर आउने भएका छन् । साथमा नृत्याङ्गना आना मगरको पनि प्रस्तुति रहने आयोजकको भनाइ छ ।

यसका साथै परम्परागत वेशभुषा प्रदर्शन, कौराहा र नचरी नृत्य प्रस्तुत गरिने आयोजक संस्थाका सदस्य आशिक राना मगरले जानकारी दिए । कौराहा नृत्य ६ वटा समूहले प्रस्तुत गर्ने छन् । कार्यक्रम सम्पन्न गर्न ६ लाख रूपैयाँ खर्च अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा देवघाट गाउँपालिका-५ का वडासदस्य तेजबहादुर थापा मगर, मगर संघका विकास राना, अमरबहादुर फेवालीलगायतले बोलेका थिए । सांस्कृतिक कार्यक्रम हुनुभन्दा अगाडि बिहीबार बिहान ८ बजे दासढुड्गा पुलबाट सांस्कृतिक शोभायात्रा निस्कने छ ।

Forbes

कार्यक्रमको संरक्षक देवघाट गाउँपालिका रहेको छ । सहआयोजकमा नेपाल मगर संघ, देवघाट-५ र पदम स्मृति मगर समाज, देवघाट-५ छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु