पर्सा ट्राफिकद्वारा डेढ करोड राजश्व सङ्कलन

पर्सा – जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनामा करिब डेढ करोडभन्दा बढी राजस्व संकलन गरेको छ।

ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा एक करोड ४९ लाख ५७ हजार आठ सय पचास राजस्व सङ्कलन गरेको हो।

सो अवधिमा विभिन्न किसिमका १६ हजार ५९३ सवारीमाथि कारबाही गरी सो राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले जानकारी दिए।

गत आव २०७९-८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी ३ करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन गरेको थियो।

अघिल्लो आव २०७८-७९ मा सो कार्यालयले दुई करोड ८५ लाख २१ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो। त्यस्तै २०८०-८१ मा दुई करोड ७६ लाख ६१ हजार ९ सय ५४ राजस्व संकलन गरेको छ ।

Forbes

ट्राफिक चेकजाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक भट्टको भनाइ छ।  सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले बाक्लो हुस्सु र कुहिरोको कारण दुर्घटना न्यूनीकरण गर्न वीरगञ्ज मेनरोड, लगायत पर्साका ग्रामीण सडकहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार, दुर्घटना नियन्त्रणका लागि आकस्मिक र नियमित रूपमा चेकिङको व्यवस्था गरिएको थियो ।
चालकलाई सचेत गराउँदै ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने उद्देश्यले “बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न” भन्ने मूल नाराका साथ अभियान अगाडि बढाइएको छ ।
सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले जानकारी दिए ।

‘न्यून जनशक्तिका बाबजुद पनि बिरगंज बजार क्षेत्रमा जडान भएको ट्राफिक लाइट कार्यान्वयन गरिराखेका छौं,’ ट्राफिक प्रमुख भट्टले भने, ‘अहिले नयाँ छ अब चाडै नै बस्पार्कमा पनि ट्राफिक लाईट जडान हुने त्यस पछि बस्पार्क मा पनि सुदुर गतिमा ब्यवस्थापन हुने बताउनु हुन्छ। बिस्तारै जनशक्ति व्यवस्थापन पनि होला ।’ट्राफिक सचेतनाका लागि विभिन्न अभियानहरु जारी राखेकाले दुर्घटना न्यूनीकरण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख प्रहरी निरीक्षक भट्टले बताए ।

मधेस प्रदेश बढी गाडी घोडा को चाप भएसँगै सवारी साधनको चाप बढेकाले ट्राफिक व्यवस्थापन मुख्य चुनौती बताउँदै उनले यसलाई आफ्नो कार्यकालभर सुधार गर्दै अहिले सम्म सफल भए । पर्सा मा पहिलो पटक ड्राईपोटबाट निस्केका ओभरलोड गाडीलाई चिट काटेर राम्रै राजस्व संकलन गरेका थिए। फेरि पनि ठुलो आवाजमा साइलेन्चर बजाएर हिड्ने बुलेटबाईकलाई समेत कार्बाही गरेर चर्को आवाज साइल्नेन्सर निकालेर जनचेतना जस्तो काम गर्न सफल भए ।

भारवहन क्षमताभन्दा बढी सामान ढुवानी गरेका १४ वटा भारतीय मालवाहक ट्रकलाई यातायात व्यवस्था कार्यालय वीरगन्जले कारबाही गरेको छ । भारतबाट कच्च पदार्थ बोकेर एकीकृत भन्सार चौकी (आइसीपी) वीरगन्ज हुँदै मकवानपुरको हेटौंडा जाँदै गरेका १४ वटा भारतीय मालवाहक ट्रकलाई दुई लाख तीस हजार रुपैयाँ जरिवाना गरिएको हो ।

आईसीपी भन्सारबाट जाँचपास गरि छुटेका मालवाहक ट्रक भारवहन क्षमता भन्दा झन्डै दोब्बर वस्तु ढुवानी गरेको पाइएपछि जिल्ला ट्राफिक कार्यालय पर्साले कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पठाएको हो । ती ट्रकहरुले भारवहन क्षमता भन्दा १६ टन देखि लिएर ३४ टनसम्म बढी सामान ढुवानी गरेको पाइएको ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्टले जनाए ।

‘जाँचको क्रममा सवारी क्षमता भन्दा बढी हुने गरि सामान ढुवानी गरेको हुँदा भारवहन नियमन सम्बन्धि निर्देशिका बमोजिम कारवाहीका लागि यातायात कार्यालय पठाएका हौँ,’ इन्सपेक्टर भट्टले भने, ‘भारवहन क्षमता भन्दा बढी सामान ढुवानी गर्ने सवारी साधनलाई कारवाही गरेका छौ।

नागरिकहरुलाई ट्राफिक सम्बन्धी थप जनचेतना जगाउने, अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गराउने, यातायात र यात्रुको निश्चित मापदण्ड बनाई कार्यान्वयन गर्ने र सवारी आवगमनलाई चुस्त र दुरुस्त उनले बताएका छन् ।

चिसोको कारण तराई क्षेत्र लगायतका जनजीवन प्रभावित बनेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा द्धारा जाडो मौसमा हुस्सो का कारण केही नदेखिने मध्य नजर गर्दै बाटोमा दाउरा बालेर तथा टल्किने स्टिकर टासेर दुर्घटनामा कमि ल्याउन जनतालाई तथा सम्पूर्ण चालकहरुलाई सहजता पनि दिदै गरेको थियो ।

पर्सा जिल्ला ट्राफिक कार्यालयले समय समयमा दुई पाङ्ग्रे सवारी साधनको संख्यामा भएको वृद्धिले सवारी दुर्घटनाको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै विभिन्न प्रकारको सचेतना कार्यक्रमको आवश्यकतालाई पहिचान गरेर नियमित कार्यक्रमहरु गर्दै गरेको उनले बताए ।

भट्टले भने, ‘दुई पाङ्ग्रे सवारी साधनका चालकहरूमा ट्राफिक नियमहरूको पालनाका बारेमा सचेतना अभिवृद्धि गर्ने हो भने दुर्घटनाको दर घटाउन सकिन्छ । यस कार्यक्रमले स्थानीय सवारी चालकहरूमाझ सुरक्षित सवारीको महत्त्वबारे सन्देश पुर्‍याउने अपेक्षा गरिएको छ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी चालकलाई सवारीसाधन सञ्चालन गर्दा गति सीमित गर्न र बत्ती बालेर मात्रै सञ्चालन गर्न सचेत गराइरहेको छ । नियमको प्रभावकारी कार्यान्वयन गर्न चेकजाँचलाई कडाइ गरेको छ। गाउँदेखि सहर र राजमार्गसम्म ट्राफिक प्रहरीले व्यापक चेकजाँच तथा छड्के निरीक्षणलाई तीव्रता दिएको छ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन तथा चालकलाई कानुनअनुसार जरिवाना तथा कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। साथै, गल्तीको प्रकृति हेरी पहिलो पटक सम्झ

६ महिना को सफलता
पर्सा – जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।

ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधन तथा चालकलाई कानुनअनुसार जरिवाना तथा कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु