पर्सा – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर ३० वर्षे सेवा हदका कारण आगामी चैत ५ गते अवकाश पाउँदै छन्। कुँवरको अवकाश मिति नजिकिँदै गर्दा नयाँ आईजीपीको चयनबारे छलफल सुरु भएको छ। गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यसपटक नयाँ आईजीपी नियुक्ति केही हप्ताअघि नै टुंगो लाग्ने सम्भावना छ।
एआईजी सुदिप गिरी पनि प्रहरी संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृत हुन् । उनले पनि थुप्रै युनिटहरुको सफल कमाण्ड गरेका छन् ।
नेपाल प्रहरीको सर्वोच्च पदमा रहँदा इमानदारी, निडरताका साथै कुशल नेतृत्वको परिचय दिएका अतिरिक्त महानिरीक्षक सुदिप गिरीको कार्यकाल ऐतिहासिक रहने बुझेको छ । आफ्नो ६ महिना नेतृत्वमा उनले प्रहरी संगठनलाई थप सुदृढ बनाउन मात्र होइन, पेशागत मर्यादा, अनुशासन र पारदर्शिताको उदाहरणीय नमूना समेत प्रस्तुत गर्ने छन ।
एआईजी गिरी आफ्नो निष्पक्ष, व्यावसायिक र इमानदार छविका लागि परिचित छन् । तर उनले आफ्नो कार्यकालमा कुनै शक्तिकेन्द्रको प्रभाव नस्वीकार्ने प्रमाणित गरेका छन् ।
एआइजी गिरी नेपाल प्रहरीको इमानदार, निडर र कुशल नेतृत्वकर्ताका रूपमा चिनिन्छन् । उनले आफ्नो कार्यकालमा प्रहरी संगठनलाई आधुनिक, पारदर्शी र जनउत्तरदायी बनाउने उल्लेखनीय योगदान दिएका छन। जसका कारण अवकाशपश्चात् पनि उनको नेतृत्व, इमानदारिता, र संगठन सुधारका पहलहरू नेपाल प्रहरीका लागि मार्गदर्शक बन्नेछन् । उनको योगदान सधैँ प्रेरणादायक रहनेछ ।


