बिउ व्यवसायी संघ चितवनमा अधिकारीको नेतृत्व

चितवन – नेपाल बिउ व्यवसायी संघ चितवनको चौथो अधिवेशनले हरि प्रसाद अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा प्रदीप पाठक, सचिवमा रामप्रसाद अधिकारी, सहसचिवमा विष्णु पौडेल र कोषाध्यक्षमा सरस्वती साह छन् । सदस्यमा मोतीलाल गोतामे, सैवलकृष्ण गौतम, सावित्री ढकाल, सञ्जय कुशवाहा, रामकृष्ण पौडेल र अमृता ज्ञवाली (मनोनित) छन् ।

संघको पाँचौँ साधारणसभा तथा चौथो अधिवेशन उद्घाटन समारोहको प्रमुख अतिथि नेपाल बिउ व्यवसायी संघका केन्द्रीय अध्यक्ष सुरेश गुरुङ थिए । भरतपुर – ७ स्थित होटल पौवामा संघका जिल्ला अध्यक्ष प्रेमबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न अधिवेशनमा कोषाध्यक्ष प्रदीप पाठक र सचिव अवोधराज दवाडीले प्रतिवेदन पेश गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु