प्रहरीका लागि उदाउँदो चम्किलो तारा हुन एआईजी सुदिप गिरी

नेपाल प्रहरीमा अहिले वर्तमान आईजी वसन्त बहादुर कुँवरको अबको एक महिनामा अवकास जाने भएका छन् फोर्समा अनिवार्य अवकास हुनु भन्दा पहिला नै बिदा बस्ने परम्परा रहेको छ। हालका प्रहरी महानिरीक्षक आईजी अनिवार्य अवकास संगै अहिले प्रहरी संगठन भित्र तथा बाहिर ३१ औं आईजी दक्ष, अब्बल, पेशा प्रति पुर्ण वफादार, प्रोफेसनल प्रहरी अधिकृत अबको आईजी होस भन्ने सबैको चाहना रहेको छ र हुन पनि आवस्यक छ ।

अबको एक महिनामा नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकको नियुक्ति नेपाल सरकारले कानुन बमोजिम उपयुक्त लागेको प्रहरी नायब महानिरीक्षक डिआईजी वा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बाट एक जना लाई नेपाल प्रहरीको प्रमुखमा नियुक्ति गर्ने छ।

अहिले वर्तमान सरकारका गृहमन्त्रीको रूपमा माननीय रमेश लेखक रहेका छन भने प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री रहेका छन उनी विभिन्न समयमा नेपालको गृहमन्त्री समेत रहेका थिए त्यही भएर अहिले आईजी नियुक्तिमा दक्ष अब्बल संगठनमा सफल कमाण्डरको परिचय बनाएका प्रहरी अधिकृत एआईजी सुदिप गिरीको नै हुन।

नेपाल प्रहरीमा २०५२/०५/१९ भदौ को प्रहरी निरीक्षकको रूपमा सेवा प्रवेश गरेका एआईजी सुदिप गिरी प्रहरी भित्र एक अब्बल दर्जाका अधिकृतको रूपमा परिचित छन् । बैशिक तालिमका अल राउन्डर फस्ट एआईजी सुदिप गिरी प्रहरी निरीक्षक हुँदा प्रतिआतकबाद शाखा प्रहरी प्रधान कार्यालय तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँदा जिल्ला प्रहरी कार्यालय रसुवाको सफल कमाण्ड गरेका थिए।

यसैगरी प्रहरी वृत्त कालिमाटी ईन्चार्ज बसे अनि प्रहरी उपरीक्षक एसपी हुँदा जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय कैलालीमा बसे । जिल्ला प्रहरी कार्यालय पर्सा एसपीको रूपमा बस्दा निकै नाम कमाएका थिए पर्सा जिल्लाको क्राईम कन्ट्रोल, तस्करी नियन्त्रणगरी तथा चुनाव पनि निकै सौहार्द पुर्ब बातावरण मा सफल गराएर नागरिक माझ लोकप्रिय बनेका सुदिप गिरी लाई अहिले पनि पर्सामा देवता बाबु भनेर एआईजी गिरी लाई नागरिकले चिन्छन् ।

एसएसपी हुँदा काठमाडौं जिल्लाको कमाण्ड गरे प्रहरी भित्र सरुवा, काज, वढुवा, पुरस्कार विभागीय निति नियम नै हो त्यही अनुसार सुदिप गिरी परिसर बाट सरुवा भए पछि केही दिनमा डिआईजी पदमा बढुवा भएर कोशी प्रदेशको कमाण्ड सफतापूर्वक गरे अहिले एआइजीको रूपमा प्रहरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यकारी निर्देशकको पदमा कार्यरत एआईजी सुदिप गिरी प्रहरी संगठन भित्र बौद्धिक कानुनी ज्ञान भएको, काम बोल्ने, पेशा प्रति पुर्ण जिम्मेवार तथा लो प्रोफाइल बस्ने अधिकृतको रूपमा परिचित छन्।

राजधानी काठमाडौकाे चुनाैतिपूर्ण सुरक्षा कमाण्ड सम्हालेको ६ महिना नबित्दै गिरि एसएसपीको पदबाट डिआईजीमा बढुवाको सिफारिसमा पर्न सफल भए । राजधानी काठमाडौकाे अत्यन्तै संवेदनशील मानिने शान्ति सुरक्षाकाे कमान्ड समालेका सुदीप गिरीले छोटाे समयमा महानगरीय प्रहरी कार्यालय टेकुमा आफ्नाे कार्यकाल उत्कृष्ट बनाए । ६ महिनाकाे अवधिमा राजधानी काठमाडौकाे शान्ति सुरक्षालाई मजभुत बनाएका गिरीकाे कार्यकाल विवादास्पद बनेन् । उनलेे अवैध काराेबार तथा जुवातास जस्ता विकृतिहरुकाे उठिबास नै लगाइदिए । उनको कार्यकालमा फरार अभियुक्त तथा अपराधीहरु पक्राउ,अवैध काराेबार,हुण्डी काराेबारि,कर्तब्य ज्यान आदि घटना सँग सम्बन्धित व्यक्ति तथा समुह धेरै पक्राउ परे । समग्रमा भन्नू पर्दा ७४ जनालाई अन्लाईन जुवा खेलाउने टोलि पहिलो पटक पक्राउ गर्न सफल भए। त्यसै सामुहिक रेप केस मा २४ घन्टा नबित्दै ९ जना आरोपित समात्न सफल भए गिरी। उनले शान्ति सुव्यवस्था कायम गर्दै समाजलाई थप रचनात्मक अभियानमा प्रेरित गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएर संगठन बलियो बनाउन सक्ने छन्। मर्यादित बनेर पेशागत व्यवसायिकता र असल आचारण सहितको सेवा प्रवाहले नागरिकसंगको सहकार्यमा एआईजी गिरीले बिकेन्द्रित प्रहरी कार्यालय र प्रहरी कर्मचारीका लागि स्थानीय तहसंगको सम्वन्ध अझ बढी प्रभावग्राही बनाउन सक्छन।

‘कहाँ बस्ने,कहाँ खाने भन्ने पिरलोले मानसिक रुपमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी तयार भएन भने त्यसको गम्भिर असर समुदायमा पर्ने भएकोले त्यो समस्या हटाउन प्रहरीलाई न्यूनतम् पूर्वाधारयुक्त बनाउनु अनिवार्य छ’। भन्ने भिजन का साथ सानो दर्जाका प्रहरी सङ्ग गफ्फिएर बस्ने गर्थे । उनले प्रहरी समुदायको सुरक्षाको गहन जिम्मेवारी लिएर बसेको संगठन भएको नाताले प्रहरीका स्थानीय रुपबाटै हल गर्न सकिने आधारभूत आवश्यकताको सम्बोधनमा स्थानीय सरकारसंग र संघीय सरकारको सहयोगमा आमूल परिवर्तन ल्याउन सक्ने अफिसर हुन एआईजी गिरि ।

प्रहरीको सांगठनिक ढाँचा र कार्यक्षमतामा समेत उनको कार्यकालमा निकै प्रगति भएको देख्न पाउछौ । उनले प्रहरी भित्र रहेको आन्तरिक कमिकमजोरीहरुलाई सुधार गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्न उल्लेखनिय भूमिका खेल्नु हुने छ ।उनी प्रहरीमा आन्तरिक सुद्धिकरणको अभियानमा निकै आक्रामक रुपमा प्रस्तुुत भए।

नेपालमा सानालाई ऐन र ठूलालाई चैन भन्ने उखान व्यप्त छ । तर, प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी नेतृत्वमा भने यो उखान नै गलत सावित हुन पुगेको छ । गिरीले अपराधको अभियोग लागेका जति सुकै ठूला र शक्तिशाली भनिएका व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरमा ल्याउन सफल भएका छन् ।

गिरीको कार्यकालबाट लिएर एक केही प्रहरी प्रमुख सन्तुष्ट छन् । ‘यो मेरो स्वतन्त्र विश्लेषण होइन । तर समग्रमा कार्यकाल निकै राम्रो भएको बुझेको छु । उनि राम्रो अनि व्यावसायीक अफिसर हुन् । राम्रो काम गरेको हुनाले मैले गर्ने मुल्यांकन राम्रो छ,’ उनले भने,‘वातावरण कस्तो बन्यो भन्ने कुराले प्रहरी नेतृत्वको कार्यकाल निर्भर गर्दछ । म मुल्यांकन गर्ने व्यक्ति होइन तर व्यक्तिगत बुझाइमा निकै राम्रा काम गर्ने सक्ने छवि का हुन एआईजी गिरी’ अनि अन्त्यमा भन्छु तल्लो दर्जा का लागि उदाउँदो चम्किलो तारा हुन एआईजी सुदिप गिरी ।

दुईतिहाईको सरकारले अहिले केही दिनमा नियुक्त गर्ने लागेको प्रहरी प्रमुखमा एआईजी सुदिप गिरीको नाम पहिलो नम्बरमा रहेको कुरा विभिन्न स्रोतका अनुसार बुझ्नमा आइरहेको छ । २००७ सालको क्रान्ति पछि नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरुलाई संगठित रुपमा परिचालन गर्न सन १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षक लाई लगाइएको थियो तोरण शमशेर जबरा नेपाल प्रहरीको पहिलो प्रहरी महानिरीक्षकको रूपमा नियुक्त भएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू