शीतलहर पीडितहरूलाई सहायता गर्ने संघसंस्थाहरूलाई सम्मान

वीरगञ्ज – पर्सा जिल्लामा यस वर्षको कठोर शीतलहरका कारण प्रभावित गरिव तथा विपन्न परिवारलाई राहत प्रदान गर्ने विभिन्न संघसंस्थाहरूलाई जिल्ला प्रशासन कार्यालय पर्साले आज विशेष कार्यक्रमबीच सम्मान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा शीतलहर पीडितलाई न्यानो कपडा तथा अन्य आवश्यक राहत सामग्री वितरणमा योगदान पु¥याएका संस्थाहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थाहरूलाई सम्मान गरेर समाजमा सहयोगी भावना बढाउने उद्देश्य रहेको बताए । शीतलहर पीडितहरूलाई सहायता गर्ने संघसंस्थाहरूको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तो सहयोगात्मक भावना जारी राख्न उनले आग्रह गरे ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, रूंगटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटा, नेपाल पत्रकार महासंघ पर्साका सहसचिव एसके चौरसिया, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेल, नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका कार्यकारी सदस्य सुरज रुंगटा, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानसहित रोटरी क्लव र लायन्स क्लवका देवकीनन्दन (डिएन) अग्रवाललाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुबास भट्ट, पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहान, बहुदरमाई नगरपालिकाका उपप्रमुख सुष्मा कुशवाह, पटेर्वासुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साह, नेपाल विद्युत प्राधिकरण वीरगञ्जका प्रमुख, नारायणी सिँचाइ कार्यालयका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु