चारघरे ठिटोका ‘दर्जनौँ सपनाहरू’ सार्वजनिक

चितवन – कवि चारघरे ठिटोको कवितासङ्ग्रह ‘दर्जनौँ सपनाहरू’ को विमोचन कार्यक्रम आइतबार भरतपुरमा सम्पन्न भएको छ । लेट्स टक नामक संस्थाले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले पुस्तक विमोचन गरेका हुन् । उनले मन्तव्य व्यक्त गर्दै चारघरे ठिटोका कवितामा राष्ट्रप्रेम र बेथितिमाथिको असन्तुष्टि समेटिएको बताए ।

कवितासङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै लेखक उदय अधिकारीले चारघरे ठिटोका कवितामा भाव पक्ष बलियोरूपमा प्रकट भएको बताए ।

कवि चारघरे ठिटोले कवितासङ्ग्रहबाट पाँच वटा कवितावाचन गरे । उनका केही कविता अन्य सहभागीले पनि वाचन गरेका थिए ।

लेट्स टकका अध्यक्ष आकाश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्पूर्ण किताबका संचालक लेखराम सापकोटाले संचालन गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू