सरस्वती पूजामा संकल्प लोकेसेवा र सक्सेस ईन्स्टिच्युटले बजाए छाडा गीत

वीरगञ्ज – सरस्वती मन्दिरबाटै ज्ञान, बुद्धि र विवेकको वर मिल्ने विश्वासमा बालबालिकाहरूलाई श्रीपञ्चमीको दिन विद्या आरम्भ गराइन्छ । अधिकांश अभिभावकले श्रीपञ्चमीका दिन आफ्ना बालबालिकालाई अक्षरारम्भ गराउन सरस्वतीका मन्दिरहरूमा लैजाने र अक्षर चिनाउने गर्छन् । कतिपयले यसै दिनलाई साइत मानेर विद्यालयमा भर्ना गर्छन् । विद्यालयहरूले पनि यही दिनको अवसर पारेर निःशुल्क भर्ना लिने गर्छन् ।

वीरगञ्जमा भने सरस्वती पूजाको दिन सोमबार सक्सेस ईन्स्टिच्युट र सफल लोकसेवा ईन्स्टिच्युटमा सरस्वती पूजाको नाममा छाडा गीत बज्यो । त्यस्तो गीतमा त्यहीँका विद्यार्थीसँग शिक्षकहरु पनि नाचे । “आव ए रानी सेजरिया हो” “कमर लचके कमर लचके” जस्ता अनेकौं छाडा गीत बाजिरहे, नाच्नेहरु नाचिरहे ।

भोजपुृरी र हिन्दी भाषामा भारतीय गायक र गायिकाहरुले गाएको छाडा गीतहरुको बोलले पर्साका ग्रामीण र शहरी क्षेत्रका सरस्वती पूजास्थल गुञ्जिन थालेका छन् । विद्यार्थी, शिक्षक, युवा तथा कलमजीवीहरुले आस्थापूर्वक मनाउने सरस्वती पूजाको दिन पर्सा जिल्लाको अधिकांश टोलमा मात्र नभई विभिन्न शिक्षण संस्थाहरुमा समेत यस्तै छाडा गीतहरु गुञ्जिएको थियो । दोहरो अर्थ लाग्ने, भद्दा र परिवारका साथ सुन्नै नसकिने खालका भोजपुरी र हिन्दी भाषाका छाडा गीतहरुमा विद्यार्थी, शिक्षकहरु रमाइरहेका थिए सक्सेस ईन्स्टिच्युटमा ।

कतिपय विद्यालयमा शिक्षकहरुको त कतिपय टोलमा बालबालिकादेखि वृद्धवृद्धासम्मको उपस्थितिमा पनि यस्ता उत्ताउला गीतहरु बजिरहँदा केही भद्रभलाद्मीले यस्ता गीतहरु नबजाउन आग्रह गरेपछि केही विद्यार्थीले तत्कालै रोके पनि अधिकांशले अटेर गरेका थिए । धार्मिक आस्थाबाट प्रेरित भएर गरिने यस्ता पवित्र कार्यमा पनि अश्लीलताको बाहुल्यता हुनुले हाम्रो संस्कृतिमाथि नै आघात पुग्न सक्छ ।

पूजास्थलको क्रममा यस्तो अश्लील गीत बजाउनु विकृतिको नमुना भएको अभिभावकहरु बताउँछन् । पूजा स्थलामा डिजे लगाएर अश्लील गीत बजाउँदा समाजमा विकृति फैलिने थाहा हुँदाहुँदै पनि सम्बन्धित शिक्षण संस्थाका जिम्मेवार अधिकारीले यसलाई रोक्न नसक्नु दुःखद् कुरा हो । पूजास्थलमा परिवारसँग बसेर सुन्न लाज लाग्ने खालका यस्ता गीत बजाउनुु गलत भएको भन्दै केही अभिभावकले यसमा रोक लगाउनु पर्ने बताएका छन् ।

Forbes

धार्मिक आस्थाबाट प्रेरित भएर गरिने विभिन्न पर्व, त्योहार, पूजा लगायतका पवित्र कार्यमा अश्लीलताको बाहुल्य हुनु विकृति मात्र होइन, संस्कृतिमाथि नै आघात पुग्ने काम भएको भन्दै स्थानीय बुद्धिजीवीहरुले यसतर्फ बेलैमा ध्यान पु¥याउन सरोकारवाला सबैसँग आग्रह गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु