एसपी ढुङ्गेलको ११ महिने कार्यकालमा उल्लेखनीय प्रगति

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले २०८० फागुनदेखि २०८१ पुष मसान्तसम्मको अवधिमा विभिन्न घटनाहरूको अनुसन्धान र अपराध नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको जनाएको छ । प्रहरी उपरीक्षक ढुङ्गेल कार्यालय प्रमुखको रुपमा हाजिर भएर आएदेखि जिल्ला प्रहरी कार्यालयले एकपछि अर्को सफल घटनाको अनुसन्धान र अभियुक्तहरूको गिरफ्तारीमा उच्च कार्यक्षमता देखाएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले २०८० फागुन २५ देखि २०८१ पुष मसान्तसम्म १ हजार ५०० वटा मुद्दा दर्ता गरेको छ । जसमा फरार प्रतिबादी ११०० छन् भने थोरै मुद्दा अनुसन्धान प्रक्रियामा रहेका छन् । यस अवधिमा ३ करोड राजस्व समेत जम्मा गरिएको र ५१ वर्ष भन्दा बढी कैद सजाय दिइएको उनले जानकारी दिए ।

लागुऔषध ओसारपसार कार्यमा संलग्न १२५ जनालाई एकचरणमा नियन्त्रणमा लिइने काम पहिलो पटक गरिएको थियो । यसबाट पर्सामा लागुऔषधको ओसारपसारमा उल्लेखनीय कमी आएको एसपी ढुङ्गेलको सफलता छ । अहिले लागुऔसधमा पर्सा जिल्लालाई “जिरो” बनाउन सफल भएका छन् एसपी ढुङ्गेल । लागु औसधमा लागेर हिडेका दुनियाँ युवाहरूलाई सम्झाई बुझाई समेत गरेर घरबार बसालेर राम्रो काम गर्दै आएका छन् ।

एसपी कुमोध ढुङ्गेल को कारण त्यसदिनबाट मेरो जीवन नै परिवर्तन भयो….. अहिले त्यो ठाँउ त जान त के नाम सुन्न्न पनि मन लाउदैन…. युवाहरुको असल अभिभावक पाएको अनुभव बताउँछन् एक युवा ।

महिला र बालबालिका सम्बन्धी कार्यमा राम्रो सुधार भएको छ । महिला र बालबालिकाको सुरक्षा र अधिकारको संरक्षणमा पनि प्रहरी कार्यालयले महत्वपूर्ण कदम चालेको छ । १ हजार ३५०वटा उजुरीहरूको छानबिन गरी ६५३ वटा सहमति भएका छन् भने वटा अनुसन्धान प्रक्रियामा छन् । यस कार्यले महिला हिंसा, बालश्रम र अन्य सामाजिक अपराधहरूको न्यूनिकरणमा मद्दत पुर्याएको छ ।

Forbes

सार्वजनिक सुरक्षा र ट्राफिक व्यवस्थापनमा ढुङ्गेल आफै बाटो मा खटेर ट्राफिक नियम पालना गराईरहेको देखिन्थ्यो । सार्वजनिक सुरक्षा व्यवस्थापन र ट्राफिक नियमहरूको पालनामा कडा निगरानी राखिएको थियो । हेल्मेट को बेल्ट नलगाएकोलाई हेल्मेट को बेल्ट लगाएर जनचेतना पनि दिन्थे….. सर्प्राईज चेकिङ्ग मा आफै खट्ने…..कहिले कसो आफै लाईसेन्स ब्लुबुक चेक गर्न बसेर ट्राफिक मा पनि चुस्त दुरुस्त राखे । होलि को समय मा जब कि निकै दुर्घटना हुने गर्थियो कयौं मानिसले ज्यान गुमाएको अवस्था थिए तर वहाँ २४ घन्टा बाटो मै डुट्यी बसेर ठुलो फरक परिणाम ल्याउन सफल भएका थिए….. एकजना को पनि दुर्घटना भएन र मान्छे मरेन । ११ हजार ८२३ वटा सवारी साधनलाई ट्राफिक नियम उल्लंघनको कारण जरिवाना गरिएको छ । जसकारण ढुङ्गेल आफै सडकमा खटेर ट्राफिकको काममा राम्रो योगदान दिन सकेको हो । यसले सवारी दुर्घटनामा कमी ल्याउने दिशामा महत्वपूर्ण भूमिका खेलेको उनले जानकारी दिए ।

समुदाय प्रहरी गतिविधि तथा प्रहरी साझेदारीमा बसेर राम्रा राम्रा ऐतिहासिक कार्यक्रम गरेर जनता मा उच्च योगदान दिएका छन। समुदाय प्रहरी गतिविधिहरूको क्षेत्रमा पनि यस अवधिमा ठूलो उपलब्धि हासिल भएको छ । ४८० वटा कार्यक्रमहरू सञ्चालन गरी २७ हजार ६१२ जना नागरिकलाई सुरक्षा र कानूनको विषयमा सचेतना प्रदान गरिएको एसपी ढुङ्गेल बताउनु हुन्थियो। यसले स्थानीय समुदायसँग राम्रो समन्वय स्थापना गर्न र सुरक्षा सञ्जाललाई मजबुत बनाउन सहयोग पुर्याएको उनको दावी छ । कार्यक्रमहरु बृक्षापन, आँखा शिवीर, जाडोमा कम्बल बितरण, ४ देखि ५ बर्ष मुनिका बालबच्चालाई बालबिटा तथा पोलियो थोप खुवाउने, रक्तदान कार्यक्रम, नागरिक सुनवाई कार्यक्रम,शैक्षिक समान बितरण, “बिवाहा बारी २० बर्ष पारी” नारा लिएर तथा दर्जनौं कार्यक्रम गरेर समाजमा राम्रो काम गरेका छन। पर्सा जिल्लामा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको सुरक्षामा पनि प्रहरीको निकै राम्रो सक्रियता देखिएको थियो । ढुङ्गेल आफै खटेर शान्ति सुब्यवस्था तथा हरेक र्‍यालीलाई विवाद रहित बनाउन सफल भए। धार्मिक कार्यक्रमहरूमा समुदाय बीच सद्भाव र सहकार्यको वातावरण निर्माण गर्न एसपी ढुङ्गेल को भुमिकाले कहिँ कतै पनि चुक्न नसकेको थियो प्रहरी सक्रिय रुपमा जुटेर आफू अधि अधि बसेर हरेक र्‍याली तथा सफल गराएका हुन्थे।

एसपी ढुङ्गेल जस्तो सुकै कार्यक्रममा भए पनि आफै अगाडी बसेर कमान्ड सम्हाली रहेका हुन्थे। ढुङ्गेल सङ्ग क्राइम का वरिष्ठ सहि रमेश बजगाई को पनि उल्लेखनिय भुमिका देखिन्थियो। एसपी ढुङ्गेल जता बजगाई तेता सङ्गै रहेर यो पर्सा को यात्रा अबिस्वास्निय बनाउन ठुलो योग्दान दिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको कार्य प्रगति विवरणले प्रहरीको कार्यसम्पादनमा उल्लेखनीय सुधार र प्रगति भएको देखाउँछ । अपराध नियन्त्रण, अनुसन्धान, र समाजमा सुरक्षा सुनिश्चित गर्ने क्रममा गरिएको प्रयासको परिणामस्वरूप यस क्षेत्रमा अपराध दरमा कमी आएको र नागरिकहरूको सुरक्षा भावना सुदृढ भएको छ । समुदायसँगको समन्वय, नागरिक जागरूकता र कडा निगरानीले आगामी दिनहरूमा अझै राम्रो नतिजा दिने अपेक्षा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी ढुङ्गेलले बताउनु भएको छ ।

एसपी ढुङ्गेल आएदेखि केही महत्वपूर्ण कामहरु

१. पर्सा प्रहरीले पहिलोपटक बीरगन्जबाट ठूूलो मात्रामा इलेक्ट्रिक चुरोट (भेप) पक्राउ गरेको थियो। बीरगन्जको रेल्बे रोडबाट पर्सा प्रहरीको क्राईम इन्चार्ज रमेश बजगाईको कमान्डमा करिब १० हजार भन्दा बढी पीस भेप बरामद गरेको थियो।महानगरको रेल्बे रोडस्थितको डाँफे ट्रान्सपोर्टमा छापामारी गरी प्रहरीले ७६ कार्टुन भेप बरामद गरेको थिए। प्रहरीका अनुसार एउटा कार्टुनमा २ सय पीस भेप रहेको पाइएको थियो। त्यसअनुसार ७६ कार्टुनमा करिब १५ हजार पीस भेप हुने अनुमान गरिएको छ । यद्यपी, सबै काउन्ट गर्न बाँकी नै रहेको पर्सा प्रहरीले जानकारी दिएको थियो। बरामद भेपको बजार मूल्य करिब ४ करोड ८६ लाख करिबको हाराहारीमा रहेको प्रहरी को तथ्यांक छ ।

२. प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न एक फरार प्रतिवादीलाई पनि पक्राउ गरेको थियो । पाँच वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दामा संलग्न प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ज्यान सम्बन्धी कसूर मुद्दामा संलग्न रही हाल सम्म फरार रहेका जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ४० को समसोदिन मियाँलाई असार २८ गते पर्सा प्रहरीले लुकीछिपी बस्दै आएको अवस्थामा निजकै गाउँघरबाट पक्राउ गरेको थियो। पर्सा प्रहरीका अनुसार मिति २०७६।०६।१९ गते साँझ ५:०० बजेको समयमा पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ धोविया टोल स्थित नसुरदिन मियाको घरमा सोरियम खातुनलाई कुटपिट गरी हत्या गरेको आरोप समसोदिन मियाँ माथि थियो… उनकाअनुसार मियाँलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो ।

३. पर्सामा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा र चरेससहित एक कारोबारीलाई पक्राउ गरेको थियो।पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ अकवा गाँउका विषमोहन चौधरीको घरमा बिहीबारराति छापा मारेर १९२ केजी चरेस र २६७ केजी गाँजासहित कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली गाँउका ४० वर्षीय फुलसरिफ मियाँलाई पक्राउ गरेको हो । पक्राउ परेका मियाँ गाँजा र चरेसका नामूद कारोबारी हुन् ।
प्रहरीले राति गाँजा र चरेससहित मियाँलाई अकवा गाँउका चौधरीको घरमा छापा मारेर पक्राउ गरेको भएपनि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल ले भने गाँजा र चरेससहित मियाँलाई चौधरीको घरबाट नभई बाँसघारीबाट पक्राउ गरिएको बताए ।

४. जिल्ला प्रहरी कार्यालय पर्सामा समुदाय प्रहरी साझेदारी र नेपाल श्रीमती सङ्ग ४०औं बार्सिकत्सव को उपलक्ष्यमा रहेका विभिन्न मुद्दाका ५७ जना थुनुवाहरूको स्वास्थ्यमा देखा परेका समस्याहरूको नि:शुल्क जाँच तथा औषधी वितरण गरिएको थियो अहिले सम्म कै उदाहरणीय कार्य जो एसपी ढुङ्गेल आए पछि । सुर्य अस्पताल वीरगञ्जका बिभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा ८ जना महिला र ४९ जना पुरुष थुनुवाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।

पर्सामा थुनुवाको पहिलो पटक कार्यालय भित्रै स्वास्थ्य परीक्षण गरिएको थियो।लागुऔषध ब्राउन सुगर, चरेश सहित पक्राउ परेका थुनुवाको स्वास्थ्य परीक्षण गरिएको हो।प्रत्येक नागरिकहरूको स्वास्थ्य सेवा पाउनु उसको नैसर्गिक अधिकार हो, त्यसैले नागरिकहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउनका लागि थुनुवाहरूलाई स्वास्थ्य परीक्षण गरिएको ढुङ्गेलले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका थुनुवाहरूको चेकजाँच नियमित हुने र विस्तृत चेकजाँचका लागि जिल्ला अस्पताल लगिने र अस्पतालमा थुनुवाहरूको ल्याबमा विभिन्न चेकजाँच हुने पनि चिकित्सकहरुले बताए। प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल का अनुसार यस्ता कामले कैदीहरूको जीवन शैलीमा परिवर्तन ल्याउने भएकाले स्वास्थ्य परीक्षणका साथै लागुऔषध सेवनबाट हुने असर र बच्ने उपाय सम्बन्धी जानकारी दिइएको थियो ।

लागुऔषध सेवन र यसबाट हुने असर र स्वास्थ्य परीक्षण पाएपछि लागुऔषधबारे थुनामा परेका थुनुवा निकै खुसी भएका थिए । विगतमा लागुऔषधको हानिबारे कुनै थाहा नपाई प्रयोग गर्ने गरिएको भए पनि आगामी दिनमा त्यस्तो नगर्ने र सुध्रिने मौका पाइएको थुनुवाहरूले बताएका छन् ।

५. पूर्णरुपमा तस्करी रोक्न एसपी ढुंगेलको निर्देशन पनि आएको थियो। पर्साका प्रहरी प्रमुख (एसपी) कुमोध ढुंगेलले जिल्लामा पूर्णरुपमा तस्करी रोक्न मातहातका प्रहरी निकायलाई कडा निर्देशन दिरहन्थे समय समयमा। जिल्ला प्रहरी कार्यालय पर्सामा भएको छलफलमा मातहतका सबै प्रहरी प्रमुखसँग ब्रिफिङ लिँदै उनले जिल्लाको शान्ति सुरक्षा र तस्करी नियन्त्रणमा सक्रिय भएर लाग्न निर्देशन दिदै आएका थिए । महिनामा जिल्लाका विभिन्न ठाउँमा लाग्ने गरेको मेलालाई थप व्यवस्थित र सुरक्षित बनाउन उनले मातहतका प्रहरी प्रमुखलाई निर्देशन दिएका हुन् । प्रहरी निकायसँगको छलफलमा उनले भने, ‘पछिल्लो समय पर्सा जिल्लामा फाटफुट रूपमा तस्करी भइरहेको गुनासाहरू आइरहेको छ ।

छलफलमा पछिल्लो समय पर्सा जिल्लामा फाटफुट रूपमा तस्करी भइरहेको गुनासाहरू आइरहेकोे सुनाउँदै उनले भने, ’अब यस्ता गुनासाहरु काहीँ कतैबाट आउनुहुदैँन, कसैको एरियाबाट तस्करी हुनुहुँदैन । यदि कसैले यस्ता गरायो भने, त्यसलाइ त्यहीबेला कारबाही गरिन्छ । त्यसकारण पूर्णरुपमा तस्करी बन्द हुनुपर्छ ।’
यदि कसैले तस्करी गराएको, ‘लाइन क्लियर’ गराएको सूचना आए दोषीलाई त्यहीबेला कारबाही गरिन्छ ।’ विभागको नीतिभन्दा बाहिर गएर कसैलाई काम गर्ने छुट नभएको बताउँदै उनले सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएर काम हुन्थियो। प्रहरी प्रमुख ढुंगेलसँगको ब्रिफिङमा मातहतका चौकी इन्चार्ज र इलाका प्रहरी कार्यालयका इन्चार्जसहित सबै प्रमुखहरुको उपस्थितिमा हुने गर्थियो ।
उनले भने, नीति विपरीत काम गर्नेलाइ भने ठाडो कारवाही गरिनेछ । गलत गर्ने जोसुकै भएपनि त्यसलाई कारबाहीको दायरामा ल्याइन्छ भन्ने अडिग राखेर काम गरे ।

६. साउन ९ गते साझ ४:३० बजेको समयमा पर्साको वीरगञ्ज वडा नम्बर २५ चण्डाल चोक स्थित सडकखण्डबाट ना.५ ख २९१२ र ना.३ ख ७७२७ नम्बरको ट्रकहरूमा रू.१ करोड ८२ लाख ६ हजार ४ सय ३८ बराबरको काजु, ज्वानो र ईलेक्ट्रोनिक्स सामानहरू बरामद गरि ट्रक र मालसामान आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएका छन ।

७. छोराकाे हत्या गरी फरार रहेकी एक जना अभियुक्त महिलालाई पनि प्रहरीले वीरगन्जबाट पक्राउ गरेको थियो ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१७ बस्‍ने २२ वर्षीया महिला आरती कुमारी रहेकी थिन। उनलाई बिशेष सूचनाको आधारमा प्रहरीले जेठ १ गते पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि कर्तव्य ज्यान सम्बन्धी मद्दामा थप अनुसन्धान गरेर कडा भन्दा कडा कार्बाही गराउन सफल भए जिल्ला प्रहरी कार्यालय पर्सा । उक्त महिलालाई पर्सा प्रहरीले १० महिना पछी पक्राउ गरि आवस्यक कार्वाहीको लागि सफल भए ।

८. पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेल आएको केही महिनामै ठुलो मात्रा मा कामहरु भए। आएको केही समयमै इतिहास कायम गर्नु भएको थियो। पर्सा प्रहरी अमन चयन देखि हरेक कुरा मा सफल्ता हासिल गरेकै बुझिन्छ। अबैध छोटो समय मै भन्सार छली ल्याईएका सामानहरु बहुसंख्या रुपमा समातेर भन्सार बुझाएको देखिन्छ। पर्सा प्रहरी प्रमुख ढुङ्गेल भन्छन ” कानुनलाई ठगेर मिचेर काम गर्न कोहि कसैलाई छुट छैन… । यहाँ को बजारी करणलाई पहिलो प्राथमिकता दिनु पर्छ त्यति भन्दै गर्दा अपराधी गतिविधि गर्नेलाई भने कहिँ कतैबाट छुट छैन । कानुन को परिधी भित्र बसेर जनतालाई जनता कै सेवक भएर काम गर्नु छ ।

जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बैशाख ५ गते राति करिब ०१:३० बजेको समयमा बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको एउटा माल बाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको थियो । उक्त राति वीरगञ्ज बाट कंचनपुर तर्फ जाँदै गरेको ना. ६ ख ६५१२ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. ०८, घण्टाघर चोक स्थित सडक खण्डमा रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अंदाजी मूल्य रू. ६१ लाख १४ हजार ८७ बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको दायरामा ल्याए ।

त्यसै गरि बैशाख ०५ गते पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ गरेको छ । प्रहरीले १७ लाख ७२ हजार ७३० मूल्य बराबरका सामानसहित पशुचौपाया पक्राउ गरेको हो ।विशेष सूचनाको आधारमा जाँच गर्दा जिल्लाका फरकफरक स्थानहरुबाट भन्सार छलीका सामानसहित पशु नियन्त्रणमा लिइएकै थियो।

ढुङ्गेल आए देखि भन्सार राजस्व अभिबृदी पनि भएको छ भने तस्करी को काम पनि ठप्पै पार्न सफल भए। कोठामा नबसि तल्लो दर्जा का कर्मचारी संगै ड्युटी गरेर बसिरहेका हुन्छन । एसपी ढुङ्गेलको कडा एक्सनले गर्दा केही तस्करहरु तस्करी गर्ने छोडेको तथा केहि तस्करहरु पलायन गरेको स्थानीयले बताउँछन् । सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेर काम गर्न सके…. । उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालेर काम गरे ।

मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ’ प्रमुख ढुङ्गेलले भने, ‘सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रुपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएर काम गर्यौ । म आफैले केही गर्न सक्ने होइन यहीँका पर्सा बासीले सहयोग गरेर मैले ५६ करोड राजस्व उठाउन सफल भएको हु…. ढुङ्गेल बताउँछन् । म पछाडि को आउँछ त्यो म जान्दिन तर म बस्दा जिरो टोलरेन्स मा काम गर्ने हो र गरेको हु…. मैले कानुन को दायरामा बसेर थिती बसाल्ने हो । मलाई सफल बनाउन यहाँहरु को अमुल्य दिन सधैं सम्झने छु उनी भन्छन । म पछाडि जो आए पनि चुनौती भन्दा नि काम गर्ने सक्ने अवसर सिर्जना गरिदिएको छ एसपी ढुङ्गेलले ।

एसपी ढुङ्गेलको तस्करी नियन्त्रण कार्यले पर्साका तस्करहरु त्रसित भएका थिए । एसपी ढुङ्गेलको कडा एक्सन तथा धमाधम छापामारीले गर्दा तस्करहरुको तस्करी गर्ने संजाल तहसनहस भएको नाम नखोल्ने सर्तमा एक जना कारोवारीले बताएका छन् तथा केहि तस्करहरु जिल्लाबाट पलायन पनि भए उनले बताउँछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु