शिक्षाको लागि भिक्षा अभियानमा शिव परियारले गरे आर्थिक सहयोग

एटुजेड समाचार

चितवन – लोकप्रिय गायक शिव परियारले धादिङको बेनीघाटमा माघ १७ देखि २३ गतेसम्म हुन गइरहेको श्रीमदभागवत ज्ञान महायज्ञलाई आर्थिक सहयोग गरेका छन् । उनले २० हजार रुपैयाँ सहयोगको घोषणा गर्दै अरुलाई पनि सहयोग गर्न आह्वान गरेका छन् ।

‘बेनीघाट धादिङका चेपाङ समुदायका सानासाना भाइबहिनीहरु साथै अति विपन्न वर्गका सानासाना नानीहरुलाई शिक्षाको ज्योतिले उज्यालो पार्ने पुण्य सोचस्वरूप अक्षयकोष स्थापनार्थ महायज्ञ आयोजन हुँदैछ’ फेसबुकमा उनले लेखेका छन्, ‘यो पवित्र कर्म सफल बनोस् र ती नानीबाबुहरुले शिक्षाको उज्यालो देख्न पाऊन् भन्ने पवित्र भाव राखेर मैले यस महायज्ञ मूल समितिलाई सहयोगस्वरूप बिस हजार दान गरेको छु ।’

‘समाजप्रति सेवाभाव र जिम्मेवारी महसुस गर्ने सबै मित्रजनहरुमा आफूले सक्ने सहयोग गरिदिनका लागि विनम्र अनुरोध पनि गर्दछु’ परियारले फेसबुकमा लेखेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु