वीरगञ्ज – वीरगञ्जमा मङ्गलवार स्कुल बसको ठक्करबाट ज्यान गुमाएका साइकल यात्रुको पहिचान खुलेको छ ।
ज्यान गुमाउने साइकल यात्री बारा जिल्लाको फेटा गाउँपालिका – ५ निवासी ४५ वर्षीय चोकट भन्ने तैमुदिन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मङ्गलवार बिहान वीरगञ्ज महानगरपालिका – १६ स्थित बोखार चोकको पूर्व बाइपास सडकमा तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले साइकल यात्री मियाँलाई ठक्कर दिँदा उनको घटनास्थलमै यात्रुको मृत्यु भएको थियो ।
तीव्र गतिमा रहेको बसले मियाँलाई ठक्कर दिँदा घाइते भएका उनको घटनास्थल मै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका थिए ।

ठक्करबाट पश्चात् मियाँलाई नारायणी अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरोज चौलागाईले जानकारीले दिए ।
ठक्कर दिने बस र त्यसका चालक देवा पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।


