बिरगंज – पर्सा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीको सोमबार अनुगमन तथा निरीक्षण गरेका छन् । सो क्रममा उनले प्रहरीहरूको ब्यारेक, मेष, लगायत कार्यलयमा रहेका अन्य स्थानहरूको निरीक्षण गरेका हुन् ।
निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक ढुङ्गेलले ईप्रकामा कार्यरत प्रहरी कर्मचारीहरू र विभिन्न समूहमा रहेका प्रहरीहरूलाई निर्देशन समेत दिए।
निर्देशनको क्रममा उनले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने विभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउनका साथै सवारी दुर्घटना न्युनिकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिए ।
उपरीक्षक ढुङ्गेलले सबै प्रहरी कर्मचारीको मातृसंस्था भएकोले अनुशासन, प्रशिक्षण शैली, स्रोतको समूचित उपयोग गरी नमुना हुन जरुरी रहेको चर्चा गर्दै भोलिको प्रहरी कस्तो बन्ने भन्ने आजको वातावरणले तय गर्ने भएकोले ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीको भौतिक पूर्वाधार, स्थानीयप्रतिको व्यवहार, कार्यलयमा उपलब्ध सेवाहरूको पारदर्शिता, प्रहरीहरूको स्वास्थ्यको हेरचाह, प्रहरीहरूको विविधताको सम्मान गर्दै गतिविधि सञ्चालन गर्न निर्देशन दिए ।
इलाका प्रहरी कार्यलयले खोज तथा शान्ति सुरक्षा अध्ययन गर्ने संस्था भएकोले प्रहरी निरीक्षक तथा लगायत समग्र टिमलाई थप प्रभावकारी र समय-सापेक्ष कसरी बनाउन सकिन्छ भन्ने कुरामा जोड दिन उनले आग्रह गरे ।
निर्देशनकै क्रममा उनले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सदैव प्रहरी संठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।


