जहाँ एसपी ढुङ्गेल त्यहाँ शान्ति सुरक्षा

पर्सा – नेपाल प्रहरी संगठनकै छविलाई उच्च राख्दै अनवरत रुपमा पर्सा जिल्लामा शान्ति ,सुरक्षा,अमनचयन कायम राख्न सफल एसपी कुमोध ढुङ्गेल जिल्लालाई अपराधमुक्त बनाउन अहोरात्र खटिरहेका छन् । जिल्लामा हुने गुण्डाराजका साथै राजनीतिक आडमा हुने आपराधिक गतिविधिलाई सुक्ष्म अध्ययन गर्दै एसपी ढुङ्गेलले जिल्लामा हुने अवाञ्छित गतिविधिलाई रोक्न सफल भएका छन् ।

नेपाल प्रहरी संगठनकै साख जोगाउन तल्लीन एसपी ढुङ्गेलले पर्सा जिल्लाको कमाण्ड सम्हालेपछि यस जिल्लाका जनताहरुले शान्तिसुरक्षाको अनुभव गरेका छन् । एसपी भएपछि ढुङ्गेलको पहिलो पोस्टिङ तराईको महत्वपूर्ण मानिने पर्सा जिल्लामा भयो । त्यसअघि जिल्ला प्रहरी परिसर, काठमाडौंको प्रवक्ता भएर जिम्मेवारी वहन गरेका ढुङ्गेल संगठनमा खरो अधिकारीको रुपमा चिनिन्छन् ।

छिमेकी मुलुक भारतसँग जोडिएको पर्सा जिल्लाको अधिकांश नाकाहरु सुरक्षाको हिसाबले संवेदनशील मानिन्छ । छोटै समयमा पर्सा जिल्लाका स्थानीयहरुका मनमनमा बस्न सफल एसपी ढुङ्गेलको पर्साका जनताहरुले खुलमखुल्ला प्रशंसा गर्दै आएका छन् ।

पर्सा जिल्लाका एक समाजसेवी भन्छन्, ‘नेपाल प्रहरी संगठनकै अब्बल एसपी कुमोध ढुङ्गेलले पर्सा जिल्लाको कमान्ड सम्हालेपछि हामी सबै स्थानीयहरु खुसी छौं । जब एसपी ढुङ्गेल साप पर्सामा आउनु भयो तब हामीले शान्तिसुरक्षाको अनुभूति गर्यौ ।’ एसपी ढुङ्गेलले पर्सा जिल्लाको कमान्ड सम्हाल्दै गर्दा त्यहाँका हाल “जिरो टोलरेन्स“ मा आफ्नो कार्यकाल सकिन लागेको बुझिन्छ ।

विगत केही वर्षदेखि नेपाल भारत सिमानाबाट हुँदै आएका अपराधपूर्ण घटना र जिल्लाका नाकाहरुबाट सम्भावित हुन सक्ने आपराधिक गतिविधिलाई सुक्ष्म अध्ययन गर्दै एसपी ढुङ्गेलले संगठनले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै पर्सा जिल्लाका जनताहरुका साथै त्यहाँ बसोबास गर्दै आएका व्यक्तिहरुलाई उनीहरुको जीउधनको सुरक्षा कसरी दिन सकिन्छ ? भन्नेमा तल्लीन रहेको प्रष्ट देख्न सकिन्छ ।

Forbes

नेपालका साथै छिमेकी मुलुक भारतका सीमा नाकाहरुमध्ये राजस्वको हिसाबले समेत महत्त्वपूर्ण मानिने पर्सा जिल्लाका नाकाहरुमा एसपी ढुङ्गेलले तस्करीविरुद्ध शून्य सहनशीलता अपनाएका छन् । पर्सा जिल्ला प्रहरीले समाजमा हुने अवाञ्छित गतिविधिमध्ये जुवातास खेल्ने–खेलाउने व्यक्तिहरुलाई निगरानीमा राख्नुका साथै अखाद्य पदार्थबाट घरेलु मदिरा उत्पादन गर्ने भट्टीहरुबाट मदिरा नस्ट गर्नुका साथै मनोरञ्जनका लागि भित्राइने पटकालगायत विस्फोटक पदार्थहरु ओसारपसार गर्न पूर्ण रोक लगाएको सूचना समेत जारी गर्दै आएको थियो ।

पर्सा जिल्लाका एक शिक्षक भन्छन्, ‘हामीले नेपाल प्रहरी संगठनका एक कुशल प्रहरी अधिकारी ढुङ्गेल जस्तो एसपी पाएका छौँ । जिल्लाको शान्तिसुरक्षामा उहाँले कमी हुन दिनु हुन्न भन्नेमा हामी ढुक्क थियौँ ।’

११ महिना सकिन लाग्यो एसपी ढुङ्गेलको तर अबको केही महिनामा सरुवा होला । सरुवा बढुवा गर्ने नेपाल प्रहरी तथा गृह मन्त्रालयको नियम तथा काम नै हो तर पनि एसपी ढुङ्गेलको पर्साको यात्रा अविष्मरणीय नै रह्यो । एसपी ढुङ्गेल पर्सा हुँदा अपराध रोकथाममा सफल हुन सक्नु एउटा ठुलो चुनौतीपूर्ण काम थियो तर एसपी ढुङ्गेल र उनको टिमले ऐतिहासिक ११ महिनाको यात्रा तय गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु