बिरगंज – पकहाँमैनपुर गाउँपालिकामा आज परोपकारी संस्था समाज परिवर्तन नेपालको आयोजनामा आज स्विटर, टोपी र ट्रेक सुट बितरण गरिएको छ। कार्यक्रम संस्थाका अध्यक्ष अकलेश कुमार साहको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो।
राज होजियारीको सहयोगमा पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर ४ लहावरथकरीमा रहेको श्री ब्रहम स्थान नेपाल राष्ट्रिय प्राथमिक बिध्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका छात्र र छात्राहरुलाई स्विटर टोपी र ट्रेक सुट बितरण गरिएको संस्थाका अध्यक्ष साहले जनकारी दिए। केही समय पहिले कोरोनाको महामारी फैलिन नदिन सरकारले लागू गरेको बन्दाबन्दीको समयमा पनि समस्यामा परेका गरीब, विपन्न तथा असहायलाई खाना खुवाएर स्याबासी पाएको अकलेश कुमार साहले अहिले यस्तै गरीब नागरिकलाई जाडोबाट बचाउन न्यानो लुगा वितरणको काम पनि थालेको छ ।
बन्दाबन्दीका समयमा उनीहरुले निम्न आय भएका तथा महामारीका कारण रोजगारी गुमाउँदा बिहान बेलुका हातमुख जोड्नै समस्यामा परेका नागरिकलाई खाद्यान्न तथा राहत उपलब्ध गराएकै थिए । युवा साहको कार्यबाट खुशी भएर पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले अकलेश साहलाई धन्यवाद दिनुभएको थियो । उहाँहरुले यो कार्य निकै सराहनीय भएकाले यसलाई निरन्तरता दिन आग्रह समेत गर्नुभएको छ। । सडक पेटीमा खानाको प्रतीक्षा गरिरहनुभएका सुनिल मण्डलले भन्नुभयो, “उहाँका कारणले मलाई नाना, छाना, र खाना को लागि यत्तीकै बस्नुपरेको छैन, उहाँलाई जति नै धन्यवाद दिए पनि कमै हुन्छ, अहिले को गाउँपालिका प्रमुख मुख दर्शक बनेर बसेको बताए ”
उहाँले पकहामैनपुर गाउँ पालिका मा वडा नं ४मा रहेको ब्रहम स्थान नेपाल रास्ट्र प्राथमिक बिद्यालयमा गरीब तथा विपन्न परिवारका विद्यार्थीको बाक्लो उपस्थिति रहेको र ती विद्यार्थीमा न्यानो लुगाको अभाव रहेकाले न्यानो लुगा, ट्राउजर, टोपी वितरण गरेको बताउनुभयो ।
उहाँले अहिले पनि काम गर्न नसक्ने र शरीर कमजोर रहेका मानिसको खानाको व्यवस्था गरिरहेको र उहाँहरु खुशी भएको देख्दा मन हर्षित हुने गरेको चर्चा उहाँले गर्नुभयो । यी युवा विपन्न एवं गरीब तथा समस्यामा परेका मानिसका लागि भगवान नै भएको बताउनु भयो एक युवाले। उहाँहरुको यो पवित्र अभियानमा सबैले सहयोग गर्नुपर्ने पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताउनुभयो ।
न्यानो लुगा प्राप्त गरेको स्थानीय निकै खुशी हुनुहुन्छ । चन्दन यादबले भन्नुभयो, “हामीसँग पैसा हुँदैन, काम गर्न पनि सकिँदैन, यस्तो अवस्थामा उहाँहरुले हाम्रो आङ मात्र होइन जीवन नै बचाउनुभएको छ ।”
युवा नेता अकलेश साहले कार्यक्रममा उपस्थित जनाएर यो कार्यक्रमलाई भब्य बनाईदिनु भएकोमा एसपी ढुङ्गेललाई धन्यवाद व्यक्त गरेका थिए। सो अवसरमा वडा अध्यक्ष ढेडी प्रसाद यादव, बिध्यालयका प्रधानध्यापक उमेश यादव, बिओपी लहावरथकरी ईन्चार्ज सशस्त्र प्रहरी नयाव उपरीक्षक द्रोवन ढकाल, स्थानिय रामबाबु चौरसिया, हमिद मिया, बृज किशोर यादव, रामा यादव, रबिन्द्र चौरसिया, गणेश साह, पर्मेस्वर चौरसिया लगायतको सहभागिता रहेको युवा समाजसेवी चन्दन पटेलले जानकारी दिएका छन।


