प्रेस सेन्टर पर्साको अध्यक्षमा शिबनाथ यादव सर्वसम्मत चयन

सुनिल श्रेष्ठ, वीरगञ्ज – नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल पर्साको अध्यक्षमा शिवनाथ यादव सर्वसम्मत चयन भएका छन् ।

शुक्रवार वीरगञ्जमा सम्पन्न प्रेस सेन्टर पर्साको छैठौं अधिवेशनले यादवको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

सेन्टरको उपाध्यक्षमा कृष्ण मोहन साह, महिला उपाध्यक्ष समिना रञ्जितकार, सचिवमा अजित कुमार भुजेल, सहसचिवमा विदुर गौतम, समावेशी सहसचिवमा रञ्जित यादव र कोषाध्यक्षमा सञ्जित गुप्ता रहेका छन् ।

यसैगरी सदस्यमा रितेन्द्र झा, माधव तिमल्सिना, बलिराम यादव, प्रणय शाह, दीपेन्द्र प्रसाद, आनन्द शाह, मेघराज थारु, विशाल पटेल, सन्जोग गिरी, सन्तोष कुशवाहा सर्वसम्मत भएका हुन् ।

प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षता तथा सेन्टरका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इन्चार्ज गोविन्द देवकोटाको प्रमुख आतिथ्ययतामा सम्पन्न अधिवेशनमा सेन्टरका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतको  उपस्थिति रहेको थियो ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु