एसएसपि सोमेन्द्र सिङ्ग राठौरले पाए त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल को जिम्मा

सुनिल श्रेष्ठ – काठमान्डौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी एसएसपी सोमेन्द्र सिंह राठौरले पाएका छन। काठमाडौँको प्रवक्तामा प्रहरी उपरीक्षक (एसपी) हुँदा सोमन्द्र सिंह राठौर काम गरिसकेका छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा काम कारवाहीलाई तथ्यगत रुपमा सम्प्रेशण गर्नका लागि राठौरलाई जिम्मेवारी दिइएको काठमाडौँ प्रहरीले जनाएको छ । नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाएका उनले यसअघि विभिन्न महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् ।

विशेष गरेर अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गरि सफलता हसिल गरिसकेका छन् । यसैगरी उनले विभिन्न जिल्ला प्रहरी कार्यालयहरुमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् ।

एसपी हुँदा पर्सा, मकवानपुर, कैलाली जस्ता ठाँउमा राम्रो कार्यशैली देखाएका राठौर अपराध अनुसन्धान र अप्रेशनमा पनि अब्बल मानिन्छन् । राठौरसँग लामो समय काठमाडौँ उपत्यकामा बसेर ‘पुलिसिङ’ गरेको पनि अनुभव छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु