नारायणगढ लेडी जेसीजको अधिवेशनमा मनपरीतन्त्र : विधिको शासन भन्नेले नै विधि मिचेपछि …

चितवन – जेसीजको मूलमन्त्र नै विधिको शासन हो तर नारायणगढ लेडी जेसीजको मंगलबार सम्पन्न अधिवेशनको निर्वाचन प्रक्रियामा अनियमितता असमान व्यवहार भएको भन्दै एउटा समूहले विरोध जनाएको

उनीहरूले अधिवेशनमा प्रमुख निर्वाचन आयुक्त सहनिर्वाचन आयुक्तहरूको भूमिका कार्यशैलीप्रति प्रश्न उठाएका छन् बुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै ४७ जना वैधानिक सदस्य रहेको संस्थामा ३१ जनाको नामावली टाँस गरी दाबी विरोधको समय सिमित गरेर बाँकी १६ जना सदस्यहरूलाई निर्वाचन प्रक्रियामा जान नदिइ एलिना श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष बनाएर आफूहरूलाई अन्याय गरेको आरोप लगाएका छन्

नारायणगढ लेडी जेसीज २०२४ की कानुनी सल्लाहकार गौरी गुरुङले पत्रकार सम्मेलनमा भनिन् – `इच्छुक उम्मेदवारको फर्म नलिएर निर्वाचन प्रक्रियामा असमान पक्षपाती व्यवहारको गरेका छन् यो गतिविधिले संस्थाको आन्तरिक लोकतन्त्र विधि अनुसारको कार्यविधिमा प्रश्न उठाएको ´

त्यसैगरी वर्ष २०२३ की अध्यक्ष सुस्मिता श्रेष्ठले षड्यन्त्रपूर्वक आफूहरूलाई पाखा लगाइएको बताइन् नियमसंगत अगाडि जानुपर्नेमा व्यक्ति केन्द्रित भएर अर्को समूह जबर्जस्ती अगाडि बढेको उनले आरोप लगाइन्   `१६ जना सदस्यको  असहमति बिरोधको पत्र बुझाउने प्रयासलाई पनि उपेक्षा गरिएको , सदस्यलाई नवीकरण गर्न पनि दिइएको छैन जसले गर्दा निर्वाचन प्रक्रियामा सहभागी सबै सदस्यहरूको अधिकार आवाजलाई ख्याल नगरी जबर्जस्ती निर्णय गरिएको , यो निर्णय हामी मान्न सक्तैनौँ  ´

प्रेस विज्ञप्तिमा भनिएको – `नारायणगढ लेडी जेसीजको चौथो साधारणसभा तथा २८औँ अधिवेशनकोदिन बजेबाट सुरु गर्ने भनिएको निर्वाचन प्रक्रिया बजेर मिनेटमा मतदाता नामावली टाँस्नु उक्त नामावली २९ जनाको मात्र रहेको गल्ती भएछ भनेर फेरी ३१ जनाको नामावली ल्याएर टाँस्नु जबकि कात्तिक  महिनाको २९ गतेको सहमति पत्रमा संस्थामा नवीकरण गरिएको ४७ जनाको मताधिकार रहनेछ भनेर वर्ष २०२४ को अध्यक्ष हिमा श्रेष्ठले  हस्ताक्षर गर्नु भएको थियो ३१ जनाको नामावली टाँसिए लगत्तै सहमतिपत्रमा यस्तो कुरा भएको थियो भनेर प्रमुख निर्वाचन आयुक्त रमा श्रेष्ठ, सहनिर्वाचन आयुक्त क्रमशः निरु कार्की सम्झना प्रधानलाई पत्र बुझाउँदा वास्ता नगर्नु सामुहिक रुपमा मतदाता नामावली दाबीविरोध बुझाउँदा हुँदैन व्यक्तिगत रुपमा पत्र बुझाउनु पर्ने भन्दै दाबीविरोधको समय सिद्दियो भन्नु जम्मा १५ मिनेटभित्र पटक नामावली टाँसी समय खेर फाल्नु जसकारण केहि समयको लागि दाबीविरोधको समय बढाउन माग गर्दा नमान्नु जबकि उक्त दिनको मिटिङको समय १० बजे भनेर लेखिएता पनि अध्यक्ष आफैँ १२ बजे आउनु भएको थियो

Forbes

यसैगरी अध्यक्षको उम्मेदवार गौरी गुरुङको उम्मेदवारीको फर्म बुझाउन जाँदा नलिनु जस्ता कार्यहरु देखेपछिहामीले बिरोध गर्दै असहमति जनाएको पत्र बुझाउँदै गर्दा पनि उहाँहरुले निर्वाचन प्रक्रिया नरोकी एकलौटीरुपमा सर्वसम्मत भन्दै अध्यक्ष घोषणा गर्नु भयो प्रमुख निर्वाचन सहनिर्वाचन आयुक्तहरु सबैजनानारायणगढ लेडी जेसीजको पूर्व अध्यक्षहरु हुनुहुन्छ पूर्वअध्यक्षहरुले संस्थाको हितलाई मध्यनजर गर्दैविधि विधानमा रहेर काम गर्नुपर्ने होईन ? अध्यक्षलाई पनि विधानमा रहि सबैलाई समान व्यवहार गर्नसिकाउनु पर्ने हो उहाँहरु मध्ये जना निरु कार्की संझना प्रधान वर्ष २०२४ का अध्यक्ष सल्लाहकार पनि हुनुहुन्छ ´

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु