चितवन – मानिसको मनोरञ्जनका लागि हात्तीलाई चरम सास्ती दिएर खेलाइने हात्ती पोलो खेल अन्ततः हात्ती तथा पर्यटन महोत्सवबाट हटेको छ । बुधबार राति महोत्सव आयोजक र पशु अधिकारकर्मीबिच हात्ती पोलो हटाउने विषयमा सहमति भएको हो ।
‘समग्रमा आजको संयुक्त बैठक मार्फत गरेका निर्णयहरुले भविष्यका दिनमा हुने हात्ती प्रतिको अन्यायलाईरोक्दै हात्ती मैत्री पर्यटन तथा जिम्मेवार पर्यापर्यटन तर्फ समाजलाई डोर्याउने र पर्यटन क्षेत्रमा यो निर्णय अन्यखालका पशुहरुमाथि गरिने क्रुर व्यवहारप्रति पनि समाजलाई सचेत गराउँदै परिवर्तन गर्नलाई कोशेढुङ्गासाबित हुने आशा राखेका छौँ’ एनिमल राइट क्लब नेपालका संस्थापक अध्यक्ष सुराजन श्रेष्ठले भने, ‘यसपरिवर्तनको लागि हामी सबै सहयोगी हातहरुप्रति कृतज्ञ छौँ। तपाईहरुको सहयोग बिना परिवर्तनको यो खुड्किलोसम्म पुग्नु हाम्रो लागि सम्भव थिएन।’
सौराहामा आयोजना गरिएको हात्ती तथा पर्यटन महोत्सवमा हात्तीलाई सास्ती हुने काम नगर्न एटुजेड समाचारले निरन्तर समाचार प्रकाशन गर्दै आएको थियो । हात्ती पोलो रोक्न भारतीय अभिनेता जोन अब्राहम, नेपाली अभिनेत्री मनिषा कोइराला, पप गायिका अभया सुब्बालगायतले सार्वजनिकरूपमा अपिल गरेका थिए ।
हेर्नुहोस् निर्णयहरू :
आज २०८१ साल पौष १० गते युनाइटेड हात्ती संचालन सहकारी लिमिटेडका अध्यक्षको अध्यक्षतामा १८औँचितवन हात्ती तथा पर्यटन महोत्सवका संयोजक, क्षेत्रीय होटल संघ नेपाल – चितवनका प्रतिनिधि, रपशुअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको संयुक्त बैठक बसी तपशिल बमोजिमका निर्णयहरुगरियो:
१) क्षेत्रीय होटल संघ नेपाल – चितवन र युनाइटेड हात्ती संचालन सहकारी लिमिटेडको यो वर्षको हात्ती तथापर्यटन महोत्सव तथा आगामी दिनमा हुने कुनै पनि खाले मेला महोत्सव तथा अन्य अवसरमा हात्ती पोलोनगर्ने निर्णय गरियो।
२) १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा हुने हात्तीका गतिविधिहरुमा पशु अधिकारको क्षेत्रमाकार्यरत संघसंस्था तथा अन्य पशु अधिकारकर्मीहरुले अवलोकन एवं परिवेक्षण गर्ने तथा सो को प्रतिवेदनबनाई हात्ती महोत्सव आयोजक तथा सह–आयोजकलाई बुझाउने र यदि हात्ती मैत्री नभएको खण्डमाआवश्यक अनुरुप परिमार्जित गर्ने वा आवश्यक परेमा सो गतिविधि वा कार्यक्रम हटाउने निर्णय गरियो।




