चितवन – अक्षर समूह चितवनको आयोजनामा किसान कुटी भरतपुर १२, कस्तुरी मार्गमा गजलकार किसानप्रेमीको प्रकाशोन्मुख गजल कृति “अञ्जानमा गयौ कि ?” माथि पाण्डुलिपि बहस तथा किसान प्रेमीकाएकल गजलवाचन सम्पन्न भएको छ ।
कार्यक्रममा किसान प्रेमीले आफ्नो प्रकाशोन्मुख गजल कृतिबाट छ वटा गजल हार्मोनियमको तालमा गाएका थिए । गजल सुनेपछि कविडाँडा साहित्य समाजका अध्यक्ष एल बी क्षेत्रीले उनका गजलका बारेमा स्रोताकोधारणा प्रस्तुत गरे ।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकूलपति इन्द्र रेग्मीले पनि वाचित गजलमाथि आफ्नो अभिमत राखे ।कार्यक्रममा गजल मञ्च चितवनका उपाध्यक्ष कमल अर्यालले पनि आफ्नो प्रतिक्रिया सुनाए ।
त्यसैगरी गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायास, सचिव प्रमिला सानु, सदस्य सुमन घिमिरे, अभिव्यञ्जना साहित्य प्रतिष्ठानका अध्यक्ष विद्या भण्डारी चिरागले सहमति जनाउने काम गरे ।
किसान प्रेमीको निवासमा भएको उक्त कार्यक्रमको सहजीकरण गजलकार विनोद अनुजले गरेका थिए ।अक्षर समूह चितवनका अध्यक्ष रमेश प्रभातको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उनले स्वागत मन्तव्यराख्दै कार्यक्रमको सम्पूर्ण जिम्मा गजलकार किसान प्रेमीलाई दिएका थिए । त्यसपछि अनौपचारिक रुपमागजल गायन र प्रतिक्रिया दिँदै अगाडि बढेको थियो ।