नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा चितवनका सुवास गौतम विजयी

चितवन – नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा चितवनका सुवास गौतम भएका छन् । गौतम माडी जेसिजका निवर्तमान अध्यक्ष हुन् । पूर्वी नेपालको ईटहरीमा सम्पन्न नेपाल जेसीजको ५१औं राष्ट्रिय महाधिवेशनमा जेसिज बर्ष २०२५का लागि राष्ट्रिय उपाध्यक्षमा गौतम विजयी भएका हुन् ।

राष्ट्रिय उपाध्यक्ष पदका लागि गौतमसंगै देशैभरका १८ जना चुनाबी प्रतिस्पर्धामा रहेका थिए, जसमध्ये १२ जना निर्वाचित भएका हुन् । माडी-७ निवासी जेसी गौतम माडी जेसिजको बर्ष २०२३ का अध्यक्ष तथा बर्ष २०२१ का लागि कोषाध्यक्ष थिए ।

यसैबिच जेसिज निर्वाचनमा राष्ट्रिय अध्यक्ष पदमा मनोहरा जेसिजबाट रजनी थापा निर्वाचित भएकी छन्  । त्यस्तै, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदका लागि चितवनकै गीतानगर जेसिजका जेसी कृष्ण सापकोटा  विजयी भएका छन् ।

जेसिज १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु