फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा राम प्रसाद पौडेल विजयी

एटुजेड समाचार

फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा युवा व्यवसायी राम प्रसाद पौडेल बिजय भएका छन् ।

पौष ०८ गते सोमबार  भएको संघको ३६ औं बार्षिक साधारण सभा एवं १९ औं अधिवेशनबाट पौडेल विजयी भएका हुन् ।
राम प्रसाद पौडेलले चुनावी प्रतिद्वन्द्वी यमप्रसाद घिमिरेलाई हराएर संघको अध्यक्षमा बिजयी भएका हुन् ।

पौडेल बिगत १३ वर्षदेखी नारायणगढको कमलनगरमा पौडेल कलेक्सन, पौडेल ब्याग हाउस र पपुलर बेबि कलेक्सन चलाइरहेका व्यवसायी हुन् । २०७३ सालदेखि निरन्तर संघमा कर्यसमिती सदस्य, उपाध्यक्ष हुँदै बरिस्ठ उपाध्यक्षको जिम्मेवारी निभाइसकेका उनी योग्य र सबैको प्रीय क्यान्डिडेटको रुपमा प्रस्तुत थिए ।

नयाँ नेतृत्व चयनका लागि पौष ४ गते भएको मनोनयनमा अध्यक्ष बाहेक अन्य सबै पदमा एकएक जनाको मात्रै उमेदवारी परेकाले सबै पद सर्वस्म्मत भएको थियो भने पौष ०८ गते सोमबार अध्यक्ष पदको लागि मात्र चुनाव गरिएको हो ।

सर्वसम्मत भएका अन्य पदाधिकारी तथा सदस्यहरु यस प्रकार रहेका छन्
बरिष्ठ उपाध्यक्ष- टंक प्रसाद सापकोटा
उपाध्यक्ष- डिलाराम खरेल
सचिव- विपिन रिजाल
कोषाध्यक्ष- पवित्रा पौडेल
सदस्यहरु
विपिन अर्याल, अनिता न्यौपाने, संगिता उपाध्याय, सन्तोष पोखरेल,पर्वती आचार्य ,रामचन्द्र धिताल अस्मिता सापकोटा, विकास सापकोटा, नविदिन मिया (नविन), भानु सापकोटा , लक्ष्मण पौडेल, प्रविन सापकोटा, संगिता उपाध्याय रहेकी छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु