सनराइजका विद्यार्थीले सुनाए पठन अनुभूति

चितवन – सनराइज इङ्ग्लिस सेकेण्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत ११ जना विद्यार्थीले पुस्तक पढ्दाका अनुभूतिहरू सुनाएका छन् । सनराइज लिटरेरी लुमिनारी क्लबको आतिथ्यमा सम्पूर्ण किताब नारायणगढले शुक्रबार सनराइज स्कुलमा आयोजना गरेको म पनि पढ्छु कार्यक्रममा बोल्दै उनीहरूले पठन अनुभूति सुनाएका हुन् ।

कार्यक्रममा धिरज कँडेल, मञ्जिल महतो, सुभाङ्गी लामिछाने, भविष्य सापकोटा, रबिना बास्तोला, सिर्जना भुसाल, सुजाता सापकोटा, अस्मिता पौडेल, प्रशान्त भुसाल, ऋषिका अधिकारी र सुष्मा खनालले आफूले पढेका पुस्तकको विषयवस्तु र पठन अनुभव सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजीप्रसाद अर्याल, प्राचार्य शिवकुमार बगाले, प्लस टु संयोजक जीवलाल चालिसे, शिक्षक रमेश प्रभात, सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले पढाईको महत्वबारे प्रकाश पारेका थिए ।

सनराइज लिटरेरी लुमिनारी क्लबकी उपाध्यक्ष रबिना बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई विद्यार्थीद्वय पल्लवी ढकाल र कामना भुसालले सहजीकरण गरेका थिए । कार्यक्रममा स्कुलका उपप्राचार्य भूमिराज तिवारी, नेपाल पत्रकार महासंघ चितवन शाखा अध्यक्ष वसन्त पराजुली, विद्यार्थीहरू र अभिभावकको समेत उपस्थिति थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु