चेतावनी सहित टर्की, इजिप्ट, कतार, साउदीलगायत देशले गरे इजरायलको निन्दा

एटुजेड समाचार

काठमाडौं –  सिरियामा इस्लामिक विद्रोहीहरुले अन्तरिम प्रधानमन्त्री नियुक्त गरेसँगै मध्यपूर्वका अन्य देशहरुले इजरायलबारे गम्भीर टिप्पणी गरेका छन् । उनीहरुले इजरायल बशर अल असद शासन पतनको फाइदा उठाइरहेको भन्दै निन्दा गरेका  हुन् । यसरी निन्दा गर्नेमा टर्की, इजिप्ट, कतार, साउदीसहितका देशहरु सामेल छन् ।

विद्रोहीहरुले मोहम्मद अल बशीरलाई नयाँ अन्तरिम प्रधानमन्त्री बनाएका छन् । उनले असद राष्ट्रपति हुँदा विद्रोहीले कब्जा जमाएको एक छोटो हिस्सालाई प्रशासित गरेका थिए । योसँगै विद्रोहीहरुले अब असदले गरेका अत्याचारको एकपछि अर्को पर्दाफास गर्ने रणनीति बनाएका बुझिएको छ । विद्रोही नेताहरुले राजनीतिक कैदीमाथि अत्याचार गर्ने मामिलामा संलग्न असद शासनका वरिष्ठ अधिकारीहरुको नाम सार्वजनिक गर्ने उदघोष गरिसकेका छन् ।

दमास्कसमा रहेका विद्रोही लडाकुहरुले अस्पतालको मुर्दा घरमा अहिले पनि ४० भन्दा बढी शव देखिएका छन् ती शव हेर्दा चरम यातनाका निशानहरु देखिएको बताएका छन् । 

एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू