चितवन – आन्तरिक राजस्व कार्यालय भरतपुरले विभिन्न कार्यक्रमको आयोजना गरी १३ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८१ सम्पन्न गरेको छ । ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ कार्यालयको प्राङगणमा शुक्रबार कर दिवस तथा कर सप्ताह कार्यक्रम सम्पन्न भएको हो ।
कर जागरण अभियान अन्तर्गत करदातामा सचेतना अभिबृद्धि गर्दै करको दायरा बृद्धि गर्ने उदेश्यले मंसिर १ गते बाट सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको थियो ।
जसअन्तर्गत प्रभातफेरी, खेलकुद, कर सम्बन्धी सन्देशमुलक गित र नारा सहित बजार परिक्रम, व्यवसायी, विद्यार्थी कर्मचारी संघसंस्थाका करदाताहरुलाई करशिक्षा, व्यवसायीहरुमा अन्तकृया, रक्तदान लगाएतका कार्यक्रम गरिएको थियो भने आज सम्मापनको दिनमा कार्यालयमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी टिका बहादुर जिटी र उत्कृष्ट करदाता निर्माण व्यवसायी उत्सव श्रेष्ठलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय भरतपुरका कर अधिकृत प्रमुख पुण्य बिक्रम खड्काले बताए ।
उनले कार्यक्रममा कर कानूनको पालना गरी राजस्व संकलनमा योगदान गर्ने करदाताप्रति आभार व्यक्त गरेका थिए । साथै कर प्रणाली अन्तर्गत समस्याहरु सुधार गर्दै लगिएको बताउदै अन्य कर नितीहरुमा देखिएका समस्याहरुको समाधान गर्ने बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख प्रकाश पौडेलले जसरी मानव अङ्गले मानिसको शरिरलाई पोषण गरे जस्तै करले पनि राष्ट्रको पोषणको रुपमा काम गर्दै आएको बताए ।
उनले कर तिर्नु सचेत नागरिकको कर्तव्य भएकाले ईमान्दारीतापूर्वक कर वुझाउँन सबैमा आग्रह गरे । करदाता र कर प्रशासनको सम्बन्धमा सुदृढ बनाउँदै लग्नुपर्ने बताउँदै कर चेतना अभिवृद्धिका लागि करदाता शिक्षा कार्यक्रम निरन्तर संचालन हुनुपर्ने उनको भनाई थियो ।
त्यस्तै कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले कर संकलनमा संघ, संस्था उद्यमी, व्यापारीलगायत करदाताको सहयोगमै कर संकलनको लक्ष्य पुरा गर्न सकिने हुँदा कर संकलमा सबैले सहयोग गर्न आग्रह गरे । कर बिकासको लागि सबैले हातोमालो गर्दै अगाडि बढनु पर्ने बताए ।
साथै उनले व्यवसायिहरुलाई विभिन्र शिक्षा सम्बन्धी कार्यक्रम गरिराखेको बताउँदै आगामी दिनहरुमा यसलाई निरन्तरता दिने बताए ।