चितवन – चितवनमा तिन नेपाली चलचित्रले डेढ करोड भन्दा बढी ग्रस कलेक्सन गरेको छ । आसोज २४ गते( बिहीबार) रिलिज भएको यो तिन नेपाली फिल्महरुले ११ दिन सम्म आईपुग्दा डेढ करोड भन्दा बढी ग्रस कलेक्सन गरेको हो।
दसैँको फूलपातीको अवसर पारेर प्रदर्शनमा आएको दीपकराज गिरीको फिल्म ‘छक्का पञ्जा ५’, विराज भट्टको फिल्म ‘१२ गाउँ’ र जितु नेपालको फिल्म ‘ज्वाइँ साब’ रहेको थियो । यसपालिको दशैँ नेपाली चलचित्रप्रेमी र चलचित्रकर्मीका लागि अझ विशेष रह्यो । किनभने नेपाली चलचित्रले लामो समयपछि विदेशी चलचित्रको प्रभावलाई कम गर्न सफल भए ।



त्यसैमाथि दशैँको उत्सवसँगै छुट्टीको मौका छोपेर तिन वटा नयाँ चलचित्र एकसाथ प्रदर्शन भए जसले गर्दा सिनेमा हल खचाखच भरिए । देशभरका धेरैजसो हलमा नेपाली चलचित्र प्रदर्शन भए र दर्शकको आकर्षण पनि स्पष्ट रूपमा देखियो । यसले नेपाली चलचित्र उद्योगमा नयाँ आशा र ऊर्जा थपेको छ ।
दशैँको बेला प्रदर्शन भएका तिन वटा फिल्म मध्ये चितवनको क्यु एफएक्स जलमा हलले प्रदर्शनको ११ दिन (आइतबार)सम्मको डाटाअनुसार ‘छक्का पञ्जा ५’ले ३८ देखि ४० लाख , १२ गाउँले ३४ देखि ३५ लाखको ग्रस कलेक्सन गरेको क्युएफएक्सका म्यानेजर विकास पोख्रेलले बताए ।
त्यस्तै नारायणगढमा रहेको ईन्द्रदेव हलले प्रदर्शनको ११ दिन सम्म छक्का पञ्जा ५’ले २५ लाख , १२ गाउँले २३ लाखको ग्रस कलेक्सन गरेको ईन्द्रदेवका म्यानेजर हरि रेग्मीले बताए ।
त्यस्तै सिजी ल्याण्डमार्कस्थित सिनेप्लेक्सले प्रदर्शनको ११ दिन सम्म छक्का पञ्जा ५’ले २३ लाख ८२ हजार , १२ गाउँले २१ लाख ६९ हजार ग्रस कलेक्सन गरेको म्यानेजर प्रविन कार्किले बताए ।
त्यस्तै पूर्वी चितवनको पर्सास्थित म्याङ्गो जनज्योती हलले प्रदर्शनको ११ दिन सम्म छक्का पञ्जा ५’ले २० लाख , १२ गाउँले २० लाखको गरेको ग्रस कलेक्सन गरेको हलका प्रबन्धक निर्देशक शिव उप्रेतिले जानकारी दिए ।
त्यस्तै ‘ज्वाइँ साब’को भने ग्रस कलेक्सन न्यून रहेको चितवनका हल संचालकले बताऐ ।
यसअघिका दसैंमा सीमित नेपाली फिल्मको मात्रै हलमा उपस्थिति रहने गर्दथ्यो । सँगै भारतीय फिल्महरुले उच्च शो पाउने र नेपाली फिल्म खुम्चिने स्थिति देखिन्थ्यो । तर, यसपटक नेपाली फिल्महरुले उच्च शो मात्रै पाएनन् हलमा राम्रो आम्दानी पनि बटुलेको देखिन्छ ।