जसपाको मधेश प्रदेशसभाका सदस्य यादवले लिइन् पद तथा गोपनियताको शपथ

एटुजेड समाचार

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)बाट प्रदेशसभा सदस्य बनेकी सञ्जिला यादवले आज पद तथा गोपनियताको शपथ लिएकी छन् ।

मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई प्रदेशसभा सदस्यको शपथग्रहण गराएका हुन् । शपथग्रहण पश्चात यादवलाई सभामुख मण्डल, सांसदहरु र जसपाका नेताहरुले बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

समानुपातिक सांसद विन्दु यादवको निधन भएपछि उनको ठाउँमा सिरहाको नरहा घर भएकी सञ्जिला यादवलाई जसपाले समानुपातिक सांसद बनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू