नारायणगढको सुपथ मुल्य पसलमा बढ्यो आकषर्ण, कुन कुन सामानमा कती छुट ?

एटुजेड समाचार

अस्मिता पराजुली,

चितवन – चितवनको नारायणगढमा चार्डपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन कार्यालय चितवनले नेपालीहरुको महान् पर्व दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी यही असोज २१ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

साल्ट ट्रेडिङले हरेक वर्ष चार्डपर्वमा सुपथ मूल्य पसल सञ्चाल गर्दै आएको छ । सुपथ मुल्य पसलमा ग्राहकहरु आकर्षित भएका छन् । सहज र सस्तोमा सामान पाउने भएपछि चाडवाडमा उपभोक्ताहरु यहाँको पसलमा सामान लिन आउने क्रम बढ्दो छ ।

साल्ट ट्रेडिङ प्रमुख वुद्धिविनोद दाहालका अनुसार सुपथ मूल्य पसलमा ग्राहकहरुले खाद्यान्नका सामान बजारको मुल्य भन्दा सस्तोमा पाउने छन् । आईतबारदेखि शुरु भएको उक्त सुपथ मुल्य पसलमा बजार मुल्यभन्दा प्रति किलोमा २ देखी ३० रुपैयाँसम्म सस्तो पाउन सकिने छ । चामल, मैदा, पिठो, चियापत्ती, दाल, मसला, नुन, साबन गेडागुडीलगायत खाद्य सामग्री यहाँ पाईन्छ ।

आयो नुन केजीमा २ रुपैयाँ, मैदा र पिठोमा ९ देखी ३० रुपैयाँ, चामलमा ५ देखी २५ रुपैयाँ, चिउरामा ७ रुपैयाँ, चियापत्तिमा ५ देखी १० रुपैयाँ, दालमा २ देखी १० रुपैयाँ, गेडागूडीमा २ देखी १५ रुपैयाँ, तेलमा ७ रुपैयाँ, मसौरामा ५ रुपैयाँ, मसलामा ५ देखी १० रुपैयाँ, साबुनमा ३ रुपैयाँ, छुट दिईएको प्रमुख दाहालले जानाकारी दिए ।

ग्राहकले आयो नुन प्रति व्यक्ती बढिमा ६ केजी, तेल ४ लिटर र चिउरा ४ केजी मात्र लान पाउने छन् । अन्य सामान भने आवश्यकता अनुसार खरिद गर्न पाउने छन् ।

त्यस्तै सुपथ मुल्य पसलमा गत बर्ष झै यस बर्ष पनि चिनी भने आउन सकेको छैन । साल्ट ट्रेडिङ्गलाई सरकारले १० हजार मेट्रिकटन चिनी दिने घोषणा गरे पनि आउन नसकेको प्रमुख दाहालको भनाई छ । उनले भने, हामीले चिनी ल्याउनका लागि पहल गरीरहेका छौं दसैं भन्दा अघी सम्म चिनी आउनेमा विश्वस्त छौँ । सुपथ मुल्य पसल सन्चालन भएको दुई दिनमै २ लाखको करोबार भएको छ ।

असोज २१ गतेबाट सन्चालन भएको उक्त सुपथ मुल्य पसल मंसिर ३ गते सम्म सन्चालन हुने छ । पसल बिहान १० बजेदेखि ४ बजे सम्म खुल्ला रहने छ । सुपथ मुल्य पसलबाट करिब ५० लाख आम्दानी हुने अनुमान गरिएको प्रमुख दाहालले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू