चितवनमा आत्महत्या गर्नेको संख्यामा आएन कमी, चालु आवमा मात्रै १८ जनाले फाले ज्यान

चितवन – चितवनमा आत्महत्या गर्नेको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पछील्लो समय जिल्लामा बर्षेनि आत्महत्या गर्नेको संख्या बढ्दै गएको हो ।
प्रहरीको तथ्याङ्ग अनुसार चालु आर्थिक बर्ष २०८० – २०८१ को साउन यता मात्रै १८ जनाले आत्महत्या गरेका छन् । जसमा झुन्डिएर १३ जना, विष सेवन गरेर ४ र हामफालेर १ जनाले आत्महत्या गरेका हुन् ।
कार्यालयका प्रहरी जवान भोजराज श्रेष्ठका अनुसार कतीपय हामफालेर आत्महत्या गर्नेहरु बेपत्ता छन् । हामफालेको संख्या धेरै भएपनी बेपत्ता भएको हुनाले डाटामा कम समावेश भएको उनले जानकारी दिए । आत्महत्या गर्नेमा ३० देखी ५० बर्ष उमेर समुहका व्यक्तीहरु बढी रहेको तथ्याङ्गले देखाउछ।
त्यस्तै गत आर्थिक बर्ष २०७९ – २०८० मा २२४ जनाले आत्महत्या गरेका थिए । जसमा विष सेवन गरेर १८६ जना, झुन्डिएर ३६ जना, हामफालेर १ जना र आगोलगाई १ जनाले आत्महत्या गरेका थिए ।
त्यस्तै गत आर्थिक बर्ष २०७८ – २०७९ मा २१४ जनाले आत्महत्या गरेका छन् । जस अनुसार झुन्डिएर १८२ जना, विष सेवन गरेर २८ र हामफालेर ४ जनाले आत्महत्या गरेका थिए ।
आत्महत्या गर्नुको प्रमुख कारणमा बेरोजगारी, व्यवसायमा असफलता, घरझगडा, पारिवारिक विछोड तथा मानसिक समस्या लगाएत कारणले आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालयका चितवनका प्रवक्ता डिएसपी बिजयराज पण्डितले बताए ।
पण्डितले भने ‘बढ्दै गएको शहरीकरणसँगै महत्वकांक्षा पनि थपिँदै जाने तर पुरा नहुने, व्यवसायमा असफता, श्रीमान श्रीमती विचको झगडा लगायतका कारण पनि आत्महत्याका घटना बढेका छन्,’ ।
यस्तै आफूले गर्न खोजेको काममा चाहेजस्तो सफलता हाँसिल गर्न नसक्दा मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा, आत्मग्लानी, गरिबीलगायत पनि आत्महत्याका लागि कारण बन्ने गरेको पण्डितको भनाई छ ।
बेरोजगार युवाहरुलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या केही न्यूनीकरण गर्न सकिने उनले बताए । समुदायका हेरक नागरिकले जीवनको मूल्य, परिवारप्रति, समाजप्रतिको दायित्वका साथै जिम्मेवारीको विषयमा बुझ्न आवश्यक रहेको डिएसपी पण्डितको भनाई छ ।
तपाइँको प्रतिक्रिया