भरतपुर अस्पतालमा आजदेखि निःशुल्क पार्किङको व्यवस्था लागु

एटुजेड समाचार

चितवन – भरतपुर अस्पतालमा आजदेखि निःशुल्क पार्किङको व्यवस्था लागु भएको छ । अस्पतालले गत साउन ८ गते सूचना जारी गरी भदौदेखि निःशुल्क पार्किङको व्यवस्था लागु हुने बताएको थियो ।

भदौ १ गतेदेखि नै पार्किङलाई निःशुल्क गर्ने भनिएकामा ठेक्कातिरका पाटा मिलाउँदा केहि दिन ढिला भएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालले पार्किङ शुल्क उठाउन निजी क्षेत्रलाई ठेक्का दिएको थियो ।यसअघि साइकलको पाँच, मोटरसाइकलको १० र कार÷जीपको २० रुपैयाँ पार्किङ शुल्क लिने गरिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु