माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको छ : प्रचण्ड

एटुजेड समाचार

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।

१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइतबार अध्यक्ष प्रचण्डले माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको बताएका हुन् । 

माओवादी केन्द्र र नेतृत्वमाथि घेराबन्दी भइरहेको र नेताहरूलाई जेलसमेत हाल्ने कुरा भइरहेको भन्दै उनले यसप्रति सचेत हुनुपर्ने बताए । 

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु