रास्वपाले पहिलो वार्षिकोत्सव मनाउँदै, प्रधानमन्त्री तथा शीर्ष नेतालाई आमन्त्रण

एटुजेड समाचार

काठमाडौँ – आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ ।

सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत राजनीतिक दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको जनाइएको छ ।

उक्त चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित हुने बुझिएको छ । सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु