काठमाडौ – एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले नक्कली शरणार्थी बनाएर भ्रष्टाचार प्रकरणमा जोडिनेलाई राष्ट्रद्रोहीको संज्ञा दिएका छन् । समाजवादी प्रेस संगठन नेपाल पर्साले आज वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अन्तिम परिणामसम्म खुट्टा कमाउन नहुने बताएका हुन ।
अध्यक्ष नेपालले देशको नागरिकको पहिचान बदलेर विदेश पठाएर पैसा कमाएर देशको मान, सम्मान र मर्यादामा आँच पु¥याउने खाजे कुकृत्य गर्नेलाई कसैले साथ दिन नहुने बताए ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालले सरकारको कदमको सरहाना गर्दै अन्तिम परिणामसम्म यो सरकारले खुट्टा नकमाउन आग्रह समेत गरे ।
भुटानी शरणार्थी मात्र हैन, कुनै पनि भ्रष्टचारजन्य क्रियाकलापमा संलग्नलाई दण्ड सजाय दिनुपर्ने उनको भनाइ छ । देशको हरेक क्षेत्रमा भ्रष्टचार बढेकोमा पूर्वप्रधानमन्त्री समेत रहेको नेपालले चिन्तता प्रकट गर । समाजमा रहेका विसंगतिको विरुद्धमा, सरकारी काममा हुने भ्रष्टाचारको विषयमा राजनीतिक दलले कार्यक्रम चलाउन आवश्यक रहेको उनले बताए । बर्तमान गठबन्धन पाँच वर्षसम्म टिक्ने अध्यक्ष नेपालको भनाइ छ ।