‘चित्तौन कचेहेरी’को दोस्रो दिनको बहस

एटुजेड समाचार

चितवन – चितवनको नारायणगढमा शुक्रवारदेखि सुरु भएको ‘चित्तौन कचेहेरी’को दोस्रो दिनका कार्यक्रम सुरु भएका छन् । दोस्रो दिनको पहिलो सत्रका रुपमा ‘विकासमा कहाँ छुटे आदिवासी?’ शिर्षकमा बहस सुरु भएको छ ।

जसमा वीरेन्द्र महतोले डा.सञ्जय महतो, ज्ञानबहादुर बोटे, इन्दु थारु र सुनिमायाँ चेपाङसंग बहस गरिरहेका छन् । महोत्सवको दोस्रो दिन शनिबार १० वटा सत्र रहने छन् । आजै जब्बर जात व्यवस्था ः समाज अघि बढ्दै छ कि पछि ?, कसरी लेखिँदै छ चितवनमा आख्यान, मधेश र सत्ता, रैथाने भाषाको साहित्य, चितवनः हिजो, आज र भोलि नामक सत्रमा बहस हुनाका साथै नाटक ’स्वप्नबयान’ को मञ्चन हुनेछ ।

महोत्सवको अन्तिम सत्रका रुपमा ६ जना गजलकारहरुले आफ्नो प्रस्तुति दिनेछन् । हिजो पहिलो दिन ८ वटा प्रस्तुती भएका थिए । जसमा नारायणी कला मन्दिरमा लेखक एवम् अध्येता राधा पौडेलको विद्धत प्रवचनबाट सुरु भएको साहित्यिक महोत्सवमा घर गाउँको सिंहदरबार ः कति विकास, कति शासन ?, कृषिमा उद्यमशीलता ः कर्म र मर्म, न्यायको लामो लडाइ, महिलामाथिको हिंसा ः यथार्थ र भाष्य, नदी र भूमिगत जलाधारको दुर्दशा, यौनिक अल्पसंख्यक समुदाय ः अस्तित्व र आत्मसम्मानको खोजी विषयमा छलफल भएको थियो ।

सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा थाहा ? नाटकसमेत प्रस्तुत गरिएका थिए । पहिलो दिन ८ वटा सत्रमा ३० जना वक्ताहरुले बहस र विमर्शका थिए । २३ कविले कविता वाचनसमेत गरेका थिए ।बहस र वक्ताहरुको विचारले चितवन र मुलुककै विभिन्न समस्या तथा सम्भावनाहरू उजागर गर्ने लक्ष्य लिईएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू