व्याजदर मात्र ठूलो समस्या होइन : गर्भनर अधिकारी

एटुजेड समाचार

काठमाडौं – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले व्याजदर मात्र ठूलो समस्या नभएको बताएका छन् ।

शनिबार बाह्रखरी मिडियाको आयोजनामा काठमाडौंको गोकर्ण रिसोर्टमा भएको एनसेल गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै उनले ५६/५७ सालअघि कर्जाको व्याजदर १६ देखि १८ प्रतिशत पुगेको स्मरण गरे ।

गर्भनर अधिकारीले अहिले बजारमा वस्तुको माग घटेका कारण समस्या आएको बताए । जसका कारण अर्थतन्त्रमा समस्या आएको उनको भनाइ थियो ।उनले व्याज भोलिको दिनमा घट्ने भन्दै यसलाई समस्याको रूपमा नलिन आग्रह गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू