चितवनमा प्रेम दिवसका लागि २५ हजार गुलाबको फूल आयात

चितवन – ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस आजबाट सुरु भइसकेको छ । साताव्यापी रुपमा मनाइने प्रणय दिवस ‘रोज डे’ बाट सुरु हुन्छ । अन्तिम दिन अर्थात फेब्रुअरी १४ मा प्रेम दिवस मनाइन्छ ।

प्रेम दिवसमा गुलाबको रातो फूलले निकै महत्त्व राख्छ । गुलाबको फूललाई मायाको प्रतिकका रुपमा पनि लिने गरिन्छ । यसर्थ प्रेम दिवसमा गुलाबको फूलको माग पनि उच्च हुन्छ ।

चितवनमा यस वर्ष प्रेम दिवसमा २२ देखि २५ हजार फूलको माग रहेको छ । यसका लागि भारत र काठमाडौंबाट फूल आयात गरिएको पुष्प व्यवसायी संघ चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले जानकारी दिए ।

फूलको मूल्य १ सय रुपैयाँ कायम गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए । आजबाट शुरु भएको ‘रोज डे’ का लागि हिजो देखि नै गुलाबको फूलको बिक्री वितरण भएको उनले जानाकारी दिए । उनका अनुसार पछिल्लो समय प्राकृतिक फूलप्रति पनि मानिसहरुको आकर्षण बढ्दै गएको छ ।

गत वर्षको यही समयमा करिब २० हजार हारहारीमा फूलको व्यापार भएको अनुमान छ ।पछील्लो समय चितवनसहित नेपाल भरिनै गुलाबको फुलप्रती मानिसहरुको आकर्षण बढ्दै गएको उनको भनाई छ।

Forbes

भ्यालेन्टाइन डेको समयमा बढी गुलाबको फुल बिक्रिवितरण हुन्छ भने गुलाबको फुलको कारोबार बाह्रै महिना हुने गरेको उनको भनाई छ ।

चितवनमा नै गुलाबको फूल उत्पादन नहुँदा भने वर्षेनी भारतबाट आयात गर्नुपर्ने अवस्था छ । चितवनमा तापक्रम र हावापानीको सन्तुलन नमिल्दा गुलाबको फूलको खेतीमा कठिनाई हुने उनले बताए।

खर्च बढी लाग्ने र व्यवस्थापनमा पनि बढी समय लाग्ने भएकोले गुलाबको फूलको खेतीमा किसानहरुले खास्सै चासो नदिने गरेको उनको भनाइ छ।

तर सुरक्षित तरिकाले व्यवस्थापनमा जोड दिन सकेको खण्डमा भने चितवनमा पनि गूलाबको फूल उत्पादन गर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ। बढी खर्चिलो हुने भएकोले स्थानीय तहले पनि सहयोग गर्नु पर्ने उनले बताए ।

चितवनसहित नेपालभरिनै यसबर्षको ‘भ्यालेन्टाइन डे’ मा करिब २ लाख ८० हजार स्टिम गुलाबको फुलको माग रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

उनले जसमा बजार मागको ७ प्रतिशत मात्र स्वदेशी उत्पादनले धान्छ भने अन्य ९३ प्रतिशत भरतबाट आयात गरिएको बताए । गतबर्ष भन्दा यसबर्ष गुलाबको फुलको माग बढेकाले आयात धेरै गर्नु परेको उनको भनाई छ । गत बर्ष बजार मागको ९० प्रतिशत गुलाबको फुल आयात गरिएको थियो ।

नेपालमा प्रेम दिवसको अवसरमा मात्रै झन्डै २ करोड ८० लाख सम्मको व्यवसायिक कारोबार हुने गरेको उनले बताए । नेपालमा चार्डपर्व बाहेक सामान्य दिनमा पनि दैनिक १० हजारको फुलको कारोबार हुने गरेको छ ।

मुख्यगरी कात्तिकदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको छ। प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु