चितवन – चितवन निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायमै छन्।
ताजा मतपरिणाम अनुसार ढकालले ६ हजार ७६ मत प्राप्त गरेका छन् । उनले सत्ता गठबन्धनका विश्वनाथ पौडेललाई नौं सय ९६ मतले पछि पारेका हुन्।


कांग्रेसका पौडेलले पाँच हजार ८० मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले चार हजार ५२३ मत प्राप्त गरेका छन् ।